ऊर्जामन्त्री पुनको स्पष्टिकरण: विद्युत प्राधिकरणमा कुलमानलाई नै पुनर्नियुक्तिका लागि प्रस्ताव गरेको छ

0
Barsaman_Pun..._hPpkiIE7xF-1

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बिहिबार बस्ने मन्त्रिपरिषद बैठकबाट नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङको पुनर्नियुक्तिका लागि प्रस्ताव लगेको दावी गर्नुभएको छ ।

उजामन्त्री पुनले भन्नुभयो,‘मैले उहाँको (कुलमान) को पुनर्नियुक्तिको प्रस्ताव यो भन्दा पनि अघिल्लो सोमबारको मन्त्रिपरिषदको वैठकमै लगेको दावी गर्नुभएको छ। ‘सोमबारको नियमित मन्त्रिपरिषद बैठकले नियुक्त गरेन्,सम्भवतःआज बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्त गर्न सक्छ।’

कुलमानको पुनर्नियुक्ति हुने वा नहुने अन्योलका बीच बिहिबार बस्ने मन्त्रिपरिषद बैठकबाट नियुक्त हुन सक्ने उहाँले सचिवाललयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीले विद्युत प्राधिकरण कार्यकारी निर्देशकको पुनर्नियुक्तिका विषयमा कानुनी प्रक्रिया के रहेछ भन्ने बुझ्छु भनेकाले ढिलाइ भएको मन्त्री पुनले स्पटिरकण दिनुभएको छ । अब कुलमानको नियुक्तिको विषय प्रधानमन्त्रीको निर्णयमा भर पर्ने भएको छ।

चार वर्षे कार्यकाल पूरा गरेर घिसिङले भदौ २९ गते अवकाश लिईसकेका छन्। सरकारले घिसिङको पुनर्नियुक्तिमा ढिलाइ गर्न थालेपछि सडकबाटै विरोध हुन थालेको छ। प्राधिकरणमा उनको नेतृत्व रहेका बेला लोडसेडिङ अन्त्य भएकाले उनैलाई पुनःनियुक्त गर्न जनदवाब बढ्दै गएको छ।

गत २८ भदौमा कार्यकारी निर्देशकका रुपमा चार वर्षे कार्यकाल सकाएका घिसिङको प्राधिकरणले ३१ भदौमा औपचारिक बिदाइ गरेको थियो ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed