Banking Khabar
Uncategorized

वामदेव गौतमले लिए राष्ट्रिय सभा सदस्यको सपथग्रहण

shilalekha
shilalekha
प्रकाशित: September 17, 2020
September 17, 2020
सेयर:

काठमाडौं । राष्ट्रियसभा सदस्यमा मनोनित वामदेव गौतमले पद तथा गोपनियताको सपथ लिनुभएको छ ।

बिहीबार अपरान्ह सिंहदरबारस्थित संसद सचिवालयमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले गौतमलाई सपथ खुवाउनुभएको हो।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०काले गत सोमबारको मन्त्रिपरिषदको वैठकमा उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्यका लागि सिफारिस गरेको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम प्युठान स्थायी घर भएका गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गर्नुभएको हो ।

तत्कालिन अर्थमन्त्री युवराज खतिवडा सरकारबाट बाहिरिएसँगै राष्ट्रियसभामा गौतमलाई मनोनित गरीएको हो ।