कांग्रेस नेता कोइरालाको प्रश्न,सवै क्षेत्र खुला हुदा हिन्दुहरुको मन्दिरमा मात्रै ताला किन?

0
collage (3)

नेपालगञ्ज। नेपाली कांग्रेसका नेता सुधान्सु कोइरालाले सरकारले सवै क्षेत्र खुला गरेपनि हिन्दुहरुको मठ मन्दिर लगायत अन्य धार्मिक क्षेत्र अहिलेसम्म बन्द गरेको भन्दै टिप्पणी गर्नुभएको छ ।
नेता कोइरालाले सामाजिक संजालमा आफ्नो धारण राख्दै हिन्दुहरुको मठ, मन्दिर लगायत अन्य धार्मिक स्थल अझै बन्द गरिएकोप्रति आपत्ति जनाउनु भएको छ ।

नेपाली कांग्रेस बाँके जिल्लाका सदस्य समेत रहनु भएका युवा नेता कोइराला लेख्नुहुन्छ,’ कुनै बेला बिश्वमा एक मात्र हिन्दु राष्ट्रको रुपमा परिचय बोकेको नेपालमा अहिले सबै धर्मका प्रवेश द्वार खुल्दै गर्दा कोरोनाको नाममा सरकारबाट हिन्दुहरु को मठ मन्दिरमा ताला लगाइनु दुर्भाग्यपूर्ण !’

कोइराला अगाडि लेख्नुहुन्छ,नेपालका हिन्दु धर्मवालम्बीहरुलाई मन्दिर जादा कोरोना लाग्ने तर भारतका प्रधानसेनापती आउदा सामाजिक दुरिको पनि ख्याल नगरि मन्दिर प्रवेश गरेको देख्दा नेपालका नेता मात्र हैन भारतका सामु यहाँका कोरोना भाइरस पनि लम्पसार पर्दा रहेछन् भन्ने कुरा स्पस्ट  भएको टिप्पणी गर्नुभएको छ ।

नेता कोईरालाले, हामीले अघि पछि जति ठुलो आदर्श र रास्ट्रियताका कुरा गरे पनि हाम्रो राष्टियता यस्तै बेला झल्किने गरेको उल्लेख गर्नु भयो । युवा नेता कोईरालाले कोरोना संक्रमणबाट सुरक्षित हुदै धार्मिक स्थल खुला गर्न सरकारसंग माग समेत गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed