Banking Khabar
Uncategorized

ललिता निवास प्रकरणः पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध अख्तियारले दायर गरेको अभियोगपत्र झिकाउन सर्वोच्चको आदेश

shilalekha
shilalekha
प्रकाशित: February 14, 2021
February 14, 2021
सेयर:

काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध दायर रिटमा सर्वोच्चले अभियोगपत्र झिकाउन आदेश दिएको छ ।

वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय आन्दनमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले विशेष अदालतमा अख्तियारले मुद्दा गर्दा गर्दा तयार पारेको अभियोग पत्रको प्रमाणित कपी झिकाउन आदेश भएको हो ।

बालुवाटारस्थित ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई लगायतलाई भ्रष्टाचार मुद्दा चलाउन सकिने वा नसकिनेबारे निर्णय गर्नका लागि प्रमाण उपलब्ध गराउन आदेश जारी गरेको छ।

अख्तियारको अभियोगपत्रमा सरकार प्रमुखले गरेका नीतिगत निर्णयमा आफूले मुद्दा चलाउन सक्ने अधिकार नभएको उल्लेख थियो । अख्तियारले यसअघि उक्त प्रकरणमा तत्कालीन ३ मन्त्रीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।