Banking Khabar
बैँक / वित्त

एनसीसी बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त

shilalekha
shilalekha
प्रकाशित: February 14, 2021
February 14, 2021
सेयर:

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको विज्ञ सञ्चालकमा राजाराम खड्का नियुक्त भएका छन् ।
खड्का चार बर्षे कार्यकालका लागि नियुक्त भएका हुन्। बैंकले यसअघि बार्षिक साधारणसभाबाट अन्य सञ्चालक चयन गरिसकेको छ।

खड्का एनसीसी बैंकमा बिलय भएको इन्टरनेशनल डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत थिए। बिलयपछि उनी एनसीसीमा नायव महाप्रबन्धक भएर केही समय काम गरे। त्यसपछि स्वेच्छिक अवकाश लिएर बिदा भएका थिए।

इन्टरनेशनल डेभलपमेन्ट बैंक उनकै पहलमा खोलिएको थियो। त्यसअघि उनी सनराइज बैंकको सिनियर म्यानेजर थिए। सनराइजअघि तत्कालिन एनआइसी बैंकको म्यानेजर थिए। पछिल्लो समय उनी गरिमा सिमेन्टको प्रबन्ध निर्देशक छन्।