मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाः शेयर धितो कर्जा पुरानै सीमामा निरनतरता

0
mahaparsad

काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शेयर कर्जाको सीमामा कुनै परिवर्तन नगरिएको प्रष्ट पारेका छन् ।

आइतबार साझ ७ बजे संचार साक्षात्मक कार्यक्रममा गभर्नर अधिकारीले सेयर कर्जाको सीमामा कुनै पनि परिवर्तन नगरिएको प्रष्ट पारेका हुन् ।

‘हामीले सीआरआर, एसएलआरलाई जसरी यथावत राखेका छौं, त्यसैगरी लोनको भ्यालूको रेसियोमा पनि कुनै परिवर्तन गरेनौं।’ उनले थपे, ‘रियल स्टेट सम्बन्धी वा कुनै कर्जामा पनि हामीले यो पटक छुने काम गरेनौं । सेयर कर्जाको अनुपात समेत यथावत राखेका छौं ।’

उनले राष्टबैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत लिएका नीतिहरुले राम्रो काम गरिरहेको दाबी गर्दै यही कारण सेयर धितो कर्जा लगायतकाकर्जाहरुको भ्यालू रेसियो यथावत राखेका प्रष्ट पारेका छन् ।

‘हाम्रा नीतिहरुले अर्थतन्त्रलाई पनि सघाइरहेको छ । तर, यो क्वार्टरमा सेयर धितो कर्जा लगायतका कुनै पनि कर्जाको विषयमा कुनै नीति परिवर्तन हुँदैन ।’ उनले थपे ‘तर, अर्को क्वार्टरमा त्यसबेलाको अवस्था के हुन्छ, सोही अनुसार मौद्रिक नीति संसोधन हुनसक्छ। यहीकारण हामीले अधिकांश पोलिसी पुरानै लिएका छौं । बजारलाई चाहिने पोलिसीलाई लिवरल नै राखेका छौं । हामीले बजारलाई मात्र होइन बैंकलाई पनि धेरै सहजता दिन खोजिरहेका छौं ।’

उनले विकास बैंक वा लघुवित्तले सेयर कारोबार गर्न नपाउने वा लगानी गर्न नपाउने भनी यसअघि सार्वजनिक समाचारअनुसार कुनै नीतिगत परिवर्तन नभएको समेत प्रष्ट पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed