Banking Khabar
अपराध

सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ

shilalekha
shilalekha
प्रकाशित: February 16, 2021
February 16, 2021
सेयर:

काठमाडौं । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन्।

बस्नेतलाई मंगलबार साँझ काठमाडौं गोंगबुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)अशोक सिंहले जानकारी दिए।
बस्नेतविरूद्ध आइतबार अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दर्ता भएको थियो। बस्नेतले युट्युबमा सपना रोका मगरका नांगा तस्बिर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो।

बस्नेतले युट्युब च्यानलमा आफूसँग सपनाका नग्न तस्बिरहरू पेनड्राइभमा भएको बताएका थिए। उनले ती सामग्री सार्वजनिक गर्ने धम्की दिएका थिए।

सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम थालेका थिए। बस्नेत एक्सन फर सोसियल चेञ्जका संस्थापकसमेत हुन्।