Banking Khabar
विकास/पूर्वाधार

सडक विभाग महानिर्देशकमा अर्जुनजंग थापा नियुक्त

shilalekha
shilalekha
प्रकाशित: February 16, 2021
February 16, 2021
सेयर:

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्जुनजंग थापालाई सडक विभागको महानिर्देशकमा नियुक्त गरेको छ।

मंगलबारको मन्त्रीस्तरीय निर्णयले थापालाई विभागको महानिर्देशक नियुक्त गरेको हो। थापा २०४९ साल पुस १९ मा जिल्ला सडक डिभिजन कार्यालय नवलपरासीबाट इन्जिनियरका रुपमा सरकारी सेवा प्रवेश गरेका थिए।

थापाले सडक विभागको महानिर्देशकका रुपमा संस्थागत क्षमता विकासमा काम गर्ने बताएका छन्। जसमा ट्रेनिङ सेन्टर निर्माण गर्ने, तालिम दिएर जनशक्तिलाई दक्ष बनाउने, टहरामा रहेका डिभिजन कार्यालयहरु व्यवस्थापन लगातयका कामहरु हुने बताए ।