Banking Khabar
अदालत

ठेक्का पट्टाको लाइसेन्स बनाईदिने भन्दै घुस माग्ने अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

shilalekha
shilalekha
प्रकाशित: August 9, 2020
August 9, 2020
सेयर:

काठमाडौं। घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका अधिकृत हुकुमबहादुर ओलीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। आइतबार दायर गरिएको मुद्दामा ओलीसँग ९६ हजार ३०० बिगो दाबी गरिएको छ।
घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जका उद्योग अधिकृत ओलीले ठेक्का पट्टाको अनुमति–पत्र ९लाइसेन्स० बनाईदिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि निगरानी बढाएको थियो।
यसैक्रममा केही दिन अघि बुटबलस्थित अख्तियारको कार्यालयबाट गएको टोलीले ओलीलाई सेवाग्राहीसँग ९६ हजार ३ सय रुपैयाँ घुस लिंदै गर्दा पक्राउ गरेको थियो।

पक्राउ गरी अनुसन्धान गर्दा ओलीले सेवाग्राहीले डरत्रास देखाई घुस मागेको र लिएको देखिएपछि आइतबार उनी विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरीएको अख्तियाररका पवक्ता तारानाथ अधिकारीले जानकारी दिनुभयो ।