नेप्सेमा चन्द्रागिरिको बढोत्तरी कायमै, पाँच सय पुग्यो शेयरमूल्य

0
chandarigariu-1024x471

काठमाडौं । नेप्से कारोबार मापक सूचक जति सुकै घटे बढे पनि चन्द्रागिरि हिल्स कम्पनीको बढोत्तरी कायमै रहेको छ ।

विगत १८ कारोबार दिनदेखि कम्पनीको मूल्य बढ्दो गति दौडिएको दौडियै छ। कम्पनीको कारोबार खुलेको दिनदेखि नै कम्पनीको शेयर मूल्य बढेको बढै छ। कारोबारमा आए यता कुनै दिन पनि चन्द्रागिरि हिल्सको शेयर मूल्य घटेको छैन।

कम्पनीको गत माघ २५ देखि दोस्रो बजारमा कारोबार सुरु भएको हो। उसको पहिलो कारोबार प्रति कित्ता १६४ रुपैयाँबाट सुरु भएको थियो। नेप्सेले पहिलो कारोबारको लागि ओपनिङ रेन्ज ९६ रुपैयाँ ६९ पैसा देखि २९० रुपैयाँ सात पैसासम्म तोकेको थियो। तर पहिलो कारोबार भने १६४ रुपैयाँबाट सुरु गराइएको थियो।

कारोबार सुरु भए यता कम्पनीको प्रति कित्ता मूल्य चार सय प्रतिशतले बढी सकेको छ। मंगलबार कम्पनीको अंकित एक सय रुपैयाँ प्रति कित्ता मूल्यको शेयर पाँच सय रुपैयाँमा अन्तिम कारोबार भएको छ।

गएको १८ दिन मै कम्पनीको कुल बजार पूँजीकरण सात अर्ब ६७ करोड रुपैयाँ पुगेको छ। कम्पनीको चुक्ता मूल्य भने एक अर्ब ५३ करोड रुपैयाँ मात्रै हो। किनकि उसका प्रति शेयर मूल्य एक सय रुपैयाँ अंकित मूल्यका १५ करोड ३४ लाख कित्ता शेयर नेप्सेमा सूचिकृत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed