Banking Khabar
शेयर

ग्लोबल आइएमई बैंकको ऋणपत्र बिक्री खुल्ला

shilalekha
shilalekha
प्रकाशित: March 14, 2021
March 14, 2021
सेयर:

काठमाडौं । लगानीकर्ताले आज अर्थात चैत १ गते आइतबारबाट ग्लोबल आइएमई बैंकको डिबेञ्चरमा आवेदन दिन सक्ने भएका छन् ।बैंकले एक अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता डिबेञ्चर निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।

३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्रमध्ये बैंकले (५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको समेत) सर्वसाधारण नेपालीको लागि निष्काशन गरिनेछ साथै, १८ लाख लाख कित्ता ऋणपत्रले हुन आउने कुल एक अर्ब ८० अर्ब रुपैयाँ ऋणपूँजी रकम व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

बैंकले ८ वर्ष अवधिको लागि‘८.५० प्रतिशत ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७’ नाम गरेको ऋणपत्र निष्कासन गर्न लागेको हो ।

लगानीकर्ताले यस ऋणपत्रमा चैत २ गतेदेखि छिटोमा चैत ४ गतेसम्म र ढिलोमा चैत १६ गतेसम्म न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेडले गर्नेछ । लगानीकर्ताले सेन्चुरी क्यापिटल मार्केट्स लिमिटेड, ग्लोबल आइएमई बैंक लिमिटेड तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।

ऋणपत्र बारे अन्य जानकारीको लागि तलको विवरणपत्र हेर्नुहोस्ः