Banking Khabar
खेलकुद

भारतीय टी–२० टिममा इशान र सूर्य, आज डेब्यू !

shilalekha
shilalekha
प्रकाशित: March 14, 2021
March 14, 2021
सेयर:

काठमाडौं ।पाहुना टोली इंग्ल्याण्ड र भारतबीचको पाँच म्याचको टी–२० सिरिजअन्तर्गतको दोस्रो खेल आज हुँदैछ।

यी दुई देशबीचको दोस्रो म्याच पनि अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ।

पहिलो खेलमा इंग्ल्याण्डसँग भारत ८ विकेटले पराजित भएको थियो। पहिलो खेलमा ब्यहोरेको लज्जास्पद हारको इंग्ल्याण्डसँग भारत बदला लिन चाहन्छ। भारत दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गर्दै सिरिज बराबरीमा ल्याउन पनि चाहन्छ।

पहिलो खेलमा खराब प्रदर्शन गरेको भारतले दोस्रो खेलमा प्लेइङ–११ मा केही परिवर्तन गर्दै मैदानमा उत्रिनेछ।

यसैबीच, इशान किशन र सूर्यकुमार यादवलाई भारतले मौका दिने भएको छ। दुवैको यो टी–२० डेब्यू म्याच हो। किशन र यादवलाई पहिलो टी–२० डेब्यू क्याप हस्तान्तरण गरिएको छ।

यता, इंग्ल्याण्डले भने प्लेइङ–११ मा परिवर्तन गर्ने सम्भावना ज्यादै न्यून रहेको छ। किनकि पहिलो खेलमा उसका ब्याट्सम्यान र बलरले शानदार प्रदर्शन गरेका थिए।

पाँच खेलको सिरिजमा इंग्ल्याण्डले १–० ले अघि रहेको छ।