Banking Khabar
खेलकुद

इंग्ल्याण्डले टस जित्यो, प्लेइङ–११ मा छन् खेलाडी

shilalekha
shilalekha
प्रकाशित: March 16, 2021
March 16, 2021
सेयर:

काठमाडौं । पाहुना टोली इंग्ल्याण्डविरुद्धको पाँच म्याचको टी–२० सिरिजअन्तर्गतको तेस्रो खेलमा भारतले टस हारेर ब्याटिङ पाएको छ।

यी दुई देशबीचको तेस्रो खेल पनि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः१५ बजेदेखि सुरु हुनेछ।

यी दुई देशबीचको पाँच खेलको जारी सिरिज एक–एकको बराबरीमा छ। दुवै टोली उत्कृष्ट लयमा छन्। पहिलो खेलमा पाहुना टोली इंग्ल्याण्डसँग भारतले ८ विकेटको हार ब्यहोरेको थियो।

दोस्रो खेलमा आइतबार भारतले उत्कृष्ट ‘कमब्याक’ गर्दै इंग्ल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो। उत्कृष्ट लयमा रहेका यी टिमबीचको तेस्रो टी–२० निकै रोमाञ्चक हुने अनुमान छ।

तेस्रो म्याच भारतले प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गरेको छ। उसले लगातार दुई खेलमा विश्राम पाएका उपकप्तान रोहित शर्मालाई आज खेलाएको छ।भारतले सूर्यकुमार यादवको स्थानमा रोहितलाई खेलाएको हो।

यता, इंग्ल्याण्डले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ। टम कुरनको ठाउँमा फास्ट बलर मार्क उडलाई खेलाएको छ।

इंग्ल्याण्डको प्लेइङ ११ ,जेसन रोय, जोस बटलर (विकेटकीपर), डेविड मलान, जोनि बेयरिस्टो, इयोन मोर्गन (कप्तान), बेन स्टोक्स, साम कुरन, जोफ्रा आर्चर, आदिल राशिद र मार्क वुड र क्रिस जोर्डन।

भारतको प्लेइङ ११ ,रोहित शर्मा, केएल राहुल, इशान किशन, विराट कोहली (कप्तान), ऋषभ पन्त (विकेटकीपर), श्रेयस अय्यर, हार्दिक पाण्ड्या, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, भुवनेश्वर कुमार र युजवेन्द्र चहल।