ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ शुक्रवार बाँडफाँट हुने

0
-ipo-ruru

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर बाँडफाँटको लागि चैत १३ गते शुक्रबारको मिति तय भएको छ। उक्त कम्पनीको शेयर बाँडफाँटको लागि सिडिएससीले १३ गते शुक्रबार समय दिएको हो।

कम्पनीको शेयर बाँडफाँटको लागि गर्नु पर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।

फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो।

त्यसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता कर्मचारीहरूलाई र अर्को ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्कासनमा ल्याएको हो।

जसमा अहिलेसम्मकै सर्वाधिक शेयर आवेदनको रेकर्ड बनेको थियो। कम्पनीले निष्कासन गरेको शेयरमा करिब ६.४० गुणा बढी हो। १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपिओ खरिदको लागि आवेदन परेको क्यापिटलले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed