वाणिज्य बैंकहरु कर्जा लगानीमा आक्रामक, एक सातामा गरे १० अर्ब निक्षेप संकलन

0
Bank

काठमाडौं । गत एक सातामा २७ वाणिज्य बैंकको कर्जा लगानी २८ अर्ब रुपैयाले बढेको छ। बैंकर्स एशोसिएसनको तथ्याङ्क अनुसार बैंकहरुको निक्षेप संकलन भने १० अर्ब रुपैयाँले मात्रै बढेको छ।

पछिल्लो केहि महिनायता ह्वात्तै बढेको कर्जा लगानीको बृद्धिदर अझै कायमै रहेको छ। गत साताको तथ्याङ्क अनुसार बैंकहरुले दैनिक ४ अर्ब रुपैयाँ कर्जा लगानी गरिरहेका छन्।

निक्षेप संकलन भने अझै खासै बढ्न सकेको छैन्। गत साता निक्षेप संकलन १० अर्बं रुपैयाँले मात्रै बढेको छ। यो औषतमा दैनिक साढे १ अर्ब रुपैयाँभन्दा पनि कम हो।

चैत १३ गतेसम्ममा बैंकहरुले ३८ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३४ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed