Banking Khabar
अदालत

पार्टीको ह्वीपविपरित ’फ्लोर क्रस’ गर्ने कर्णालीका प्रकाश ज्वालासहित चार सासंद पदमुक्त (आदेशसहित)

shilalekha
shilalekha
प्रकाशित: August 2, 2021
August 2, 2021
सेयर:

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टीको ह्वीपविपरित ’फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका एमालेका चार जनालाई निष्कासन गर्ने निर्णय सर्वोच्चले सदर गरेको छ।
सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले यस्तो आदेश गरेको हो। यो आदेशसँगै प्रदेश सभासदस्यहरू प्रकाश ज्वाला, अम्बरबहादुर थापा, कुर्मराज शाही र नन्द सिंह बुढाको सांसद पद गएको छ।

यसअघि सर्वोच्च अदालतले केन्द्रीय समितिले कारबाही गर्नुपर्नेमा महाधिवेशनका लागि गठित समितिले उनीहरूलाई कारबाही गर्न नमिल्ने गरी अन्तरिम आदेश गरेको थियो।उक्त अन्तरिम आदेश बदर गर्न र उनीहरूलाई सांसद पदबाट निष्कासन गरिएको निर्णयलाई मान्यता दिन भन्दै एमालेले भ्याकेट निवेदन दिएको थियो।

उक्त निवेदनमाथि फैसला गर्दै सोमबार प्रधानन्यायाधीश जबरा सहितको इजलासले उनीहरूलाई सांसद नरहने गरी गरिएको निष्कासन रोक्ने अन्तरिम आदेशले निरन्तरता नपाउने आदेश गरेको हो। फैसलालमा आफैं समावेश भएको संसदीय दलको निर्णयविपरीत ’फ्लोर क्रस’ गरी दलको निर्णयविरूद्ध उभिने कामलाई लोकतान्त्रिक पद्धति एवं संस्कार र मान्यता अनुकूल नरहेको ठहर गरेको छ ।

नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐनको दफा २८ र ३२ अनुकूल भएको मान्न नसकिने उल्लेख गरेको छ ।