युवा नेता सरोज शाहीको सपना समृद्ध स्वामीकार्तिक खापर गाउँपालिका !

0
277492622_9244628532276798_3480803721290922884_n

काठमाडौं । सफल व्यवसायी तथा युवा नेता हुन् सरोज बहादुर शाही ! आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका गाँउपालिको अध्यक्षको टिकटका लागि दौडधुपमा छन् ।

बाजुरा जिल्लाकै अत्यन्तै विकट मानिने स्वामीकार्तिक खापर गाउँपालिकाकमा जन्मथलो भएकै कारण पनि उनि यस क्षेत्रलाई विकाससंग जोड्का लागि गाँउपालिको अध्यक्ष बनेर विकास गर्ने सपनाका साथ पालिकाको अध्यक्षको उम्मेदवार बन्ने लाइनमा छन् ।

जन्मथलोको भौगोलिक विकटताका साथै त्यस क्षेत्रको शिक्षा, स्वास्थ्य, रोजगारीबाट त्यस क्षेत्रका स्थानियको जिवन तर उकास्का लागि पनि शाही गाँउ पसेका हुन् र काठमाडौंमा बसेर व्यवसायमा गरीरहेका शाही आफ्नो गाँउ आफै बनाउन भन्ने सपनालाई सार्थकता दिनका लागि पनि आफु यस पालिकाको अध्यक्ष बन्नुपर्ने धारण राख्छन् । नेविसंघ , तरुण दलमा विगत १२ वर्षको लामो राजनीतिक अनुभव सँगै जिल्लाको युवा नेताको रूपमा स्थापित छन । विद्याथीै राजनितिबाट उदाएका शाहीको युवा जोश जागरका साथै इमानदारीको मुल्याङ्कन गर्नेमा बिश्वासमा छन् शाही ।

‘राजनीति भनेको मेरो सेवा होइन यो समाजको सेवा हो यो रास्ट्रको सेवा हो ,राजनीतिक निरन्तरतामै खुसी छु, तर यत्तिमै उनी सन्तुष्ट छैनन् मेरो जन्मभूमि दुःख कष्ट र पीडामा छटपटाईरहेको छसदेशकै गरीब गाउँपालिकाको रूपमा चिनिदै गर्दा मलाई दुःख लाग्छ मैले एकखालको जिन्दगी बिताएको छुूसंसार घुमफिर गरेको छु ‘ देश दुनिया देखेको छु तर रअब मैले मेरो गाउँलाई केही गर्नुपर्छर ‘मैले नगरे कस्ले गर्छ, उनले भने ।

दुर्गम जिल्ला ,बाजुरा त्यसमाथि पनि देशकै गरीब र विकट स्वामिकर्तिक खापर गाउँपालिका मानिने आजपनि गरिबीको रेखामा छ,बत्ती छ त्यो पनि २,३ महिना बल्छ, कच्ची सडक त पुगेको छ तर २,३ महिनाभन्दा बढी गाडी चल्दैन,गाडी गुड्ने पुल छैन र बिरामीलाई बोकेर अस्पताल पुराइन्छ , खाद्यको अवस्था दहनिय छ कृषिमा सम्भावना छ तर आधुनिकरण कृषि छैन सरकारी विद्यालय छन् तर बिद्यार्थी छैनन् यसले उनलाई भतभती पोलिरह्यो !

हुन त स्वामीकार्तिक खापर गाउँपालिका नेपाली कांग्रेसका नेता पूर्व साहायक भूमिसुधार राज्य मन्त्री जनकराज गिरी, कम्युनिष्टबाट बाजुरा जिल्लाको पहिलो निर्वाचित सांसद हाल सामजवादीका नेता हिक्मत शाही थातथलो हो तर गाउँले जनआकांक्षा अनुसार काचुली फेर्न सकेको छैन ।

त्यसैले गाउँ–गाउँमा सिंहदरबार भन्ने नाराको सार्थकता निम्ति यस पटकको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट स्वामिकार्तीक खापर गाउँपालिकाको प्रमुखमा नयाँ नेतृत्व,नयाँ भविष्य,नयाँ सम्भावनाका साथ सशक्त दाबेदारी प्रस्तुत गरिरहेका छन्, सरोज बहादुर शाही ।

उनी जनताको मत मात्र होइन, मन समेत जित्न चाहन्छन् । उनी भन्छन्, ‘ए-बाट एकैचोटि जेठ हुँदैन, एक-बाट एकैचोटि सय पनि हुँदैन । मैले यथार्थ धरातलमा रहेर योजना बनाउने हो । मैले गाउँलाई चिल्ला रेलका सपना बाँड्ने होइन, सडक पिच गरेर देखाउने हो । स्थानीय सरकारलाई उदाहरणीय रुपमा प्रस्तुत गर्ने हो । संसार जोड्ने बाटोले हो, मानिसको आँखा खोल्ने शिक्षाले हो ।
त्यसैले गाउँपालिकामा शिक्षाको नीति, स्वास्थ्यको नीति , रोजगारी सम्पूर्ण वर्गमा ,धारा, पानी ,बिजुली, यातायात महंगी आदि अत्यावश्यक आदिका सम्भावना हेरेर अघि बढ्न चाहन्छु ।’

बाजुराको साविक जुकोट ३ मा जन्मेका हुन् शाही ! स्थानीय सम्भु सुनन्दा मावीबाट एसएलसी पास गरेर काठमाडौंको जेभियर कलेजबाट विज्ञान विषय पढे,त्यसपछि उनी त्रि चन्द्र क्याम्पसमा समाजशास्त्र अध्यान गर्दै गर्दा राजनीतिमा लागे बुवाको यक्लो जागिरले तीन दाजुभाईको पढाई लेखाई उनकै जिम्मामा भएकाले काठमाडौंको महंगो बसाई कठिन भएकाले सानो व्यापार सुरू गर्दै समाजसेवा र राजनीतिमा होमिए विगत लामो राजनीतिक अनुभव र सर्घषका बाबजुत उनी काठमाडौंको मुटु दरवारमार्ग स्थापित छन्रतर, शाही कलेज पढ्दा नै त्यसको तत्त्वबोध गरिसकेका थिए ।

‘व्यवसाय गर्नका लागि पुँजी चाहिन्थ्यो, जागिर खान अनुभव चाहिन्थ्यो । चिल्ला गफले मात्र जिन्दगी चल्दैनथ्यो । यस क्रममा उनले दुःखसुख गरेर व्यापार गरे । उनी सम्झिन्छन्, “त्यतिबेला पेजरको युग सकिएर भरखर मोबाइल आएको थियो । मोबाइल बोक्ने मुस्किलले ५ प्रतिशत थिए । म व्यावसायिक घरानाको सदस्य थिइनँ । घण्टाघर, दरबारमार्गलाई बेस बनाएर सिक्दै सिक्दै काम गरें ।’ उनले भने

उनले भने- ‘२०६३\६४ पछि उनले सक्रिय राजनीतिलाई स्थगन गरे र व्यवसायमा फोकस भए । तर नेपाली कांग्रेससँग उनको निकटतामा कुनै कमी आएको थिएन । ‘म काठमाडौं कता पर्छ होला भन्दै सहर पसेको हुँ । काठमाडौंमा बसेका ८० प्रतिशत सायद मजस्तै गरी आएका हुन् । म राजनीतिलाई नितान्त सेवा मात्र ठान्छु । राजनीति सय मिटरको रिले दौड होइन, म्याराथन हो भन्ने बुझेको छु ।’

व्यक्तिगत र संस्थागत सहकार्यमा प्रत्येक घर-घरमा पुगेका उनलाई स्वामिकार्तीक खापर गाउँपालिकामा अध्यक्ष जित्न कुनै कठिनाइ होलाजस्तो लाग्दैन, अर्कातिर निकटम प्रतिद्वन्द्वी नेकपा एमाले विभाजित छ । साथै उनी अन्य दलको मत तान्न पनि सक्षम छन् । उनी भन्छन्, ‘व्यवस्था कैयौंचाटि बदलियो, अवस्था जस्ताको तस्तै छ । विगत ७० वर्षमा ४०-४५ जना प्रधानमन्त्री फेरिसकियो । अब बोतलमा झोल मात्र होइन, गाउँको मुहार नै फेर्ने हो । मेरो सपना समृद्ध स्वामिकार्तीक खापर गाउँपालिका हो ।’ उनले भने

परिवर्तनको बाहक भएकाले अब युवा नै अघि बढ्नुपर्ने युवा नेता शाहीको कथन छ । उनी भन्छन्, “जनताले बाजेदेखि नातिको पालासम्मले एउटै व्यक्तिलाई पटक पटक भोट हालेको हाल्यै छन् । जम्मा एक हजार किलोमिटर क्षेत्रफल भएको नेपालजस्तो सानो देशमा ८० वटा पार्टी छन् ।

यसले गर्दा पनि राजनीति नसुध्रिएको हो ।युवा भनेका गतिशील हुन्छन्, विद्रोही हुन्छन्, परिवर्तनका भोका हुन्छन् अब राजनीतिक सुधार्ने हो र मुलुकको कायालपट गर्ने हो भने युवा नेतृत्वको विकल्प छैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed