Banking Khabar
प्रदेश

‘सुकुम्बासी समस्या समाधान गर्न एमाले गम्भिर भएन्,अध्यक्षमा जिते पहिलो काम लालपुर्जा वितरण गर्छु’ : प्रकाश शाही

shilalekha
shilalekha
प्रकाशित: May 1, 2022
May 1, 2022
सेयर:

कोहलपुर । नेपाली कांग्रेसबाट बैजनाथ गाँउपालिकाका अध्यक्षका उम्मेदवार प्रकाश बहादुर शाहीले पालिका अध्यक्षमा बिजयी भए सवैभन्दा पहिलो काम सुकुम्बासी समस्या समाधान  गरी लालपुर्जा वितरण गर्ने बताएका छन् ।

बैजनाथ -७ पेरारीमा आइतबार घरदैलो अभियानका क्रममा अध्यक्षका उम्मेदवार शाहीले प्रधानमन्त्री शेर बहादुर देउवाले भूमि आयोग गठन गरी जिल्लामा सकुम्बासीलाई लालपुर्जा वितरण गर्न निर्देशन गरे पनि बैजनाथका सुकुम्बासीलाई लालपुर्जा पाउनबाट एमालेले बन्चित गरेको बताए ।

शाहीले भने ‘बैजनाथमा अहिले एमालेले पालिका जितेको छ । हामिले पटक पटक पालिका अध्यक्ष मान बहादुर रुचालललाई चाँडो भन्दा चाँडो पालिकामा भएका सुकुम्बासीको लागत संकलन गरी भूमि आयोगलाई बुझाउन आग्रह गर्यौ । ‘

तर रुचालले प्रधानमन्त्री देउवाको पालामा सुकुम्बासीले लालपुर्जा पाएमा स्थानिय सरकार कांग्रेसले जित्छ भन्ने कुरा गरी पालिकाका सुकम्बासीलाई जग्गा पाउनबाट बन्चित गरेको दावी गरे ।

प्रत्येक वडाबाट निबेदन फाराम मार्फत भूमिहीन र अव्यवस्थित बसोबसीको पहिचान र प्रमाणीकरणको लागि आबश्यक तथ्यांक संकलन, अव्यवस्थित बसोबासीको वर्गीकरण सम्बन्धी विवरण संकलन गर्नुपर्ने हुन्छ । तर रुचाललले यि सवै कार्य नगरेको शाहीले बताए ।

जग्गाधनी दर्ता प्रमाणपुर्जा वितरण तथा लगत व्यवस्थापन गर्ने, स्थानीय जग्गाको नाप नक्शा, कित्ताकाट, हालसाविक, रजिस्ट्रेसन नामसारी तथा दाखिल खारेज गर्ने, भूमिको वर्गीकरण अनुसारको लगत व्यवस्था गर्ने काम स्थानीय तह अर्थात् पालिकामा आएको छ ।

तर स्थानिय तह कांग्रेसले जित्छ भनेर पालिका अध्यक्ष रुचालले पूर्वाग्रही तवरले लालपुर्जा वितरणमा ढिलासुस्ती गरी सुकुम्बासी तथा भूमिहिनलाई लालपुर्जा पाउनबाट बन्चित गरेको उपाध्यक्षकी उम्मेदवार निर्मला रोकायको भनाइ छ ।

आयोगले भूमि नहुनेलाई भूमि तथा आवास दिने र कृषि गर्नेलाई कृषि भूमिसमेत दिने छ ।