१९ औं ‘श्रृजनशील उद्यमी मेला २०७९’ वर्ल्ड ट्रेड सेन्टर काठमाडौंमा हुदै

0
291508470_1070298803911087_8282498770518266741_n

काठमाडौं । काठमाडौंमा यही आउन २७ देखि ३१ सम्म तिज स्पेसल १९ औं ‘श्रृजनशील उद्यमी मेला २०७९’ आयोजना हुने भएको छ ।

उमन्स क्रियशन सेन्टरको आयोजना तथा इभेन्ट संसारको व्यवस्थापनमा उक्त प्रदर्शनी हुन लागेको हो । महिला उद्यमशीलता विकासमा प्रवर्द्धन गर्ने उद्धेश्यले स्टाटप उद्यमी बन्ने महिला र उद्यमशिल महिलाका लागि उत्पादन गरेका सामाग्रीको प्रवद्धनका लागि उक्त प्रदर्शनी हुन लागेको उमन्स क्रियशन सेन्टरकी अध्यक्ष मिलु थापाले जानकारी दिनुभयो ।

साउन २७ देखि ३१ सम्म पाँच दिन हुने मेलाको तयारी स्वरुप अहिले स्टल बुकिङको काम भइरहेको छ ।

महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा सञ्चालन गर्न लागिएको उक्त मेलामा महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्नु, ब्यवसायमा आफ्नो पहिचानका साथ महिलालाई अग्रसर गराउनु, महिलाद्धारा उत्पादित बस्तु एवम् ब्यापार, बजारीकरण साथै सबै उद्यमी महिलाबीच आत्मिय सम्बन्ध विस्तार गर्ने मेलाको उद्धेश्य रहेको मेलाका आयोजक उमन्स क्रियशन सेन्टरकी अध्यक्ष मिलु थापाले बताउनुभयो ।

मेलामा देशैभरी ७ ओटै प्रदेशका महिला उद्यमीहरुका सय भन्दा बढी स्टल राखिने छन् । प्रदर्शनी पाँच दिसम्म चल्नेछ ।

काठमाडौंको वर्ल्ड ट्रेड सेन्टर रहने ती स्टलहरुमा महिलाले उत्पादित सामाग्रीको प्रदर्शनी र बिक्रीको अलावा दैनिक उपभोग्य बस्तुहरु प्रदर्शनीमा राखिने थापाले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed