सनातन धर्मको आवश्यकता


हिन्दु धर्मग्रन्थले भनेको छ हिन्दु भन्नाले भगवान र उहांकै अंश राजा –इन्द्र, पवन ,यम, सुर्य, अग्नि, बरुण, चन्द्र र कुवेर यी आठ अंशलाई मानिन्छ । जहां वेद, गुरु, गायत्री, गीता,गाई आदिले पून्रजन्ममा विश्वास राख्नुलाई हिन्दु भन्ने गरिन्छ ।

वास्तवमा हिन्दुभई जन्मलिनु केवल संयोग मातत्र नभई पूवै जन्माको संस्कार र भगवानको विशैष अनुकम्पा हो । जन्मालिनु र मृत्यु हुनु पनि भगवानको ईच्छा हो । सृष्टि सम्हार र सम्हार गर्ने यस क्रमलाई निरन्तरता प्रदान गर्नै अदृश्य एवम् अद्दैत शक्तिको नाम नै भगवान हो ।

वास्तवमा हिन्दु दर्शनमा भागवत गीता आफैमा मूलत स्स्वयं व्यापक छ । जसलाई विश्वमा हाल सम्मअधिकांश देशका मानिसहरुले पढ्दै आएको पाईन्छ । यो प्राचीन संसारको ऐतिहासिक संस्कृत महाकाव्यम महाभारतको एउटा घटनाका रुपमा पनि बताईएको छ । महाभारतले वर्तमान कलियुगको प्रारम्भमा अथवा झन्डै झन्डै ५००० वर्ष अगाडी भगवान कृष्णले आफना मित्र तथा आफन भक्त अर्जुनलाई वताएको कथा कहानी नै भागवत गिता हो ।

जसको महिमानिकै आवश्यक र गर्भिलो बनेको इतिहास पाईन्छ । उहांहरुको यो वार्तालाप मानव जगतमा मानव इतिहासको एउटा महानतम् दर्शनका रुपमा देखापरेको छ भने अर्कातिर धार्मिक वातालापका रुपमा पनि देखापरेको छ । यो वार्तालापमा धृर्तराष्टृका एक सय भाइ छोरा र उनका भतिजाहरु र पान्डुका छोराहरु बिचभएको कुटुम्बघाति लडाई सुरु हुनु भन्दा ठीक अगाडी भएको उल्लेख छ ।

धर्मशास्त्रको उदेश्य मूख्य रुपमा मानव आचरण लाई नियमित र नियन्त्रित गर्न मानिहित रहेको पाईन्छ । धर्म,अर्थ, काम र मोक्ष मध्ये मानवजीवनको परमपुरुषार्थ मोक्ष हो । यसकारण मानिसले मोक्ष प्राप्तिमाआफनो जीवन समर्पित गर्ने कार्यमालाग्नु आजको कलियुगको आवश्यकताहो ।

यो आधार जीवितअवस्थामा पनि प्राप्त गर्न सकिने आधार धर्मशास्त्रमा चर्चा गरिएको छ । यो समयमा शान्ति तथाआनन्दको निकै अभाव देखिएको छ । मानव समाजमा दिन प्रतिदिन विक्षिप्त तथा अशान्तको वातावरण बढ्दै गएको आधारहरु हामीले दिनप्रतिदिन सञ्चार माध्यममाअध्ययनगरिरहेका छौं ।

हामीमामोक्षप्राप्ति बाट नै शान्ति तथा आनन्द प्राप्त हुने कुरामा सन्देह छैन भन्ने आधारहरु हिन्दु धर्मशास्त्रको श्रीकृष्णजन्माष्टमीको महिमामा उल्लेख छ । यसकालागीमानिसले आत्मा ज्ञान प्राप्तगर्ने कामगर्नु पर्दछ । मोक्ष प्राप्तिकालागीधर्मशास्त्रले निर्धारण गरेका हरेक कर्तव्यको परिपालनगर्नु आवश्यक छ । यहां धर्म शब्दको अर्थ नै असल काम तथा कर्तव्य एवम् असल कुराको धारण गर्नुृ हो ।

सत्कर्ममालाग्ने, राम्रो कार्य गर्ने, अरुको भलो चिताउने, रिस, डाह तथा ईष्र्याको परित्याग गर्ने र्का नै सत्कर्म हो । त्यसकारण पनि सनातन वैदिकहिन्दुधर्मको स्थाननिकै सर्वाेपरि तथाव्यापकभएको प्रमाण हिन्दु दर्शनमाचर्चा छ । जसले संस्कृतिको संरक्षण, स्व कर्तव्यको पालनतथा सदाचारको अनुसरण गरेर समस्तमानवजगतको रक्षातथापशु प्राणीकोसंरक्षण गर्ने हो ।
“यज्ञदानतपस्कर्म न त्याज्यं कार्यमेव तत्”

श्रीमदभागवत गीतामा भगवान श्रीकृष्णले भन्नुभएको छ कि यज्ञ,दान तथा तपस्यायी ३ कर्म कुनै समयमा पनि मानिसले छोड्ने कामगर्नु हुदैन । मानिसले आफनो कर्तव्य सम्झिएर शास्त्रको आज्ञा लाई परिपालनगर्नु आवश्यक छ । शास्त्रमा तप अन्र्तगतव्रतको महिमा वताईएको छ । सामान्यतया व्रतहरु मध्य श्रीकृष्णाष्टमी व्रतलाई निकै महत्व दिईएको छ । यो व्रत बस्नाले आयु लामो हुने, सुख प्राप्त गर्ने, शान्ति तथा समृद्दिबाट ओतप्रोत समेत हुने चर्चा गरिएको छ । यस व्रतको विधानयसप्रकार वताईएको यो आधार शास्त्रमा उल्लेख छ ।

आफनो श्रद्दा तथाभक्तिले जसरी व्रत गरे पनि हुन्छ । अशक्त, बृद्द, बालकतथा रोगीलाईशास्त्रले छुट समेत दिएको छ । द्दापर युगमा भृगु मुनिले ऋषिसंग पृथ्वीलाई लक्ष गरेर भन्नु भएको छ“कर्मभूमिरियम्”अर्थात यो सृष्टिमा कर्म नै प्रधान क्षेत्रहहो ।

यो अखिल ब्राह्माण्ड संसार नै कर्मको आधारमा खडा छ । अरु त के स्वयमभगवानपनि त कर्मशिल रहनु भएको छ । यस प्रकार राम्रो संग विभार गर्ने हो भने स्पष्ट थाह छ कि सबै जीवकर्म क्षेत्रको किरा हो ।सबैले सुतने देखि लिएर स्नानगर्ने, भोजन गर्ने, पाठ तथापुजागर्ने,कर्मकाण्ड गर्ने र नित्यकर्म, नैमित्तिक कर्म, काम्यकर्म गर्नकालागीक्रिया रहेका छन् । ति सबै कर्मकाअंगहुन् ।
कर्म गरेर मात्र मन शुद्द हुन्छ ।

यो त जीवनको एकमात्र उद्देश्य हो । जसको विश्वव्यापी साक्षात् सच्चिदानन्द प्रभुको प्राप्ति मात्रको हो । उनको अवलम्वन तथा उनको स्मरण बाट मात्र मूक्ति प्राप्त मार्गमा लाग्न सकिन्छ । हामी वैदिक सनातन संस्कृतिका अनुयायी भएकोले पनि हामी बाट वैदिक संस्कृतिको संरक्षण तथा संवद्र्दन र तत्प्रतिपादित कर्मको अनुरण एवम् सदाचारको परिपालन गर्नु हाम्रो दायित्व हो । हरेकआधारको पछि लाग्नुपहिले नै त्यसको बारेमा सहि सलामत जांच तथा बुझगर्नु आजको आवश्यकताहो । तर आममानिसमा बुद्दि भ्रष्ट भएर केहि पनि परिणाम प्राप्तभएको छैन ।

जसको पनिविधि, विधान हुन्छ र रहन्छ । हामीले आफनो सम्प्रदाय मान्नेको जत्था बनाएर आफु सर्वमान्य हुने आधारले जरा गाडेको छ । जसबाट राम्प्रदायिक भावना तथा अरुले मानेको भर्म लाई होच्याउने कर्म चलेको छ । आज संसारमा यति धेरे विकास भएको छ तर पनि शानित, सोहाद्रता, दया, मैत्री र सदभावहरु समाज बाट बिलाएर जाने अवस्थामा रहेको छ । यसो हुनुमा सनातनधर्म नमान्ने विश्रको संस्कार तथा संस्कृतिको बृद्दि भएको छ । आमी नेपालीमा पनि यो संस्कृतिको विकास भएको छ ।

वैदिक सनातन संस्कृतिको अनुसरण तथा त्यसले वताए अनुसार कर्मको परिपालनगर्ने काममा लाग्ने काम हाम्रो हो । संसारमा रहेका वैदिक सनातन धर्मलम्वीआर्यहरु आफ्नो धर्म, सदाचार तथा संस्कारका बारेमा अनविज्ञ भएकाले वैदिक सनातन धर्म ह्रस भएको हो । जसको संरक्षण तथा संवद्र्दन गर्न ॐ कार लाई मूलमन्त्र मान्ने हरुको चेतनाजगाउने काममा लाग्ने काम हाम्रो हो ।

यसका लागी हामीले हाम्रा बाबा आमा, काका,काकी, दाजुभाई, दिदिबहिनी, गुरु पुरोहित, गाई लगायतको सम्मान गरेर सबै बाट आर्शिवादलिने कामगर्नु नै यसको परिपालन तथा हाम्रो कर्तव्य हुन जान्छ ।

आजका मानिसमा यो धारणाको कमि भएको कारण नै दिन दहाडै हत्याआतंक, बलत्कार चोरी, डकैति तथा अभाव र आलस्यता बढेको हो । हामिले हाम्रो कर्तव्य के हो ? हामीको हो ? हामीले के गर्न हुन्छ तथा के गर्न हुदैन भन्ने सवाल हामीमा हुनु पर्दछ ।

 

लेखक मध्यपश्चिमाञ्चलविश्व विद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बांके पाठ्यक्रम तथा मूल्याङ्कन शिक्षण समिति प्रमुख हुन् । 

Nabintech