मोरङमा गोली प्रहार गरेर लागुऔषध कारोबारी पक्राउ,एक जना प्रहरी घाइते

0
nepal-police11

विनोद थापा,काठमाडौँ । मिोरङको रतुवामाई नगरपालिका–६ मा प्रहरीले गोली प्रहार गरेर एक जना लागु औषध कारोबारीलाई पक्राउ गरेको छ ।

लागु औषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले चलाएको गोली लागेर भारतको बिहार घर भएका ४८ वर्षीय भागिरथ हरिजन घाइते भएका छन् ।
उनको दायाँ खुट्टामा गोली लागेको जिल्ला प्रहरी कार्यालय मोरङका एक जना अधिकृतले शिलालेखलाई बताए । लागु औषध नियन्त्रण ब्युरोका प्रहरी नायव निरीक्षक बालकृष्ण सन्जेल नेतृत्वको टिमले गोली चलाएको हो । लागु औषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा ब्युरोबाट खटिएका असई नवीन शाही पनि घाइते भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed