दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि कर्णालीमा हुने

0
khelud rara

काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिए।

यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशमै गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरिएको थियो । गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदको समापनका दिन २०७९ साल कात्तिक २ गते बसेको राखेपको ११५औं बोर्ड बैठकले उक्त मितिमा दशौँ राष्ट्रिय खेलकुद कर्णालीमा गर्ने गरी प्रस्ताव गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed