Banking Khabar
Uncategorized

एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सञ्जीव ढकालको बलियो दावेदारी

shilalekha
shilalekha
प्रकाशित: June 27, 2025
June 27, 2025
सेयर:
एनआरएनए अस्ट्रेलियाको अध्यक्षमा सञ्जीव ढकालको बलियो दावेदारी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५-२०२७ को नयाँ कार्यकालका लागि सञ्जीव ढकाल ‘गोर्खाली’ ले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

ढकालले सामाजिक सञ्जालमार्फत उम्मेदवारी सार्वजनिक गर्दै यो अभियान केवल नेतृत्वको लागि नभई, स्पष्ट कार्यदिशा, जवाफदेहिता र सहभागितामूलक समुदाय निर्माणको लागि भएको उल्लेख गर्नुभएको छ।

ढकालले स्वतन्त्र च्यारिटेबल संस्था रूपमा संस्थागत सबै विद्यार्थीलाई पुनः सहायक सदस्यका रूपमा समावेश गर्ने र नेपालसँग नाता राख्ने वा नेपाली मूल भएका सबैलाई सदस्य बनाउने व्यवस्था गर्ने उल्लेख गर्नुभएको छ।

“हामी वाचा मात्रै गर्दैनौं ,काम गरेर देखाउँछौं,” ढकालले लेख्नुभएको छ, “छिट्टै विस्तृत एजेन्डा र सेवा कार्ययोजनासहित पुनः उपस्थित हुनेछु।”

ढकाल हाल नर्दन टेरिटोरी एनआरएनका संयोजक तथा एनआरएनए अस्ट्रेलियाको उपाध्यक्ष हुनुहुन्छ । अस्ट्रेलिया एनआरएनएको आगामी २६ जुलाइमा निर्वाचन हुदैछ ।