Banking Khabar
प्रदेश

कांग्रेसले काठमाडौं महानगरमा १८ वडाध्यक्षसहित बहुमत सदस्य जित्यो

shilalekha
shilalekha
प्रकाशित: May 26, 2022
May 26, 2022
सेयर:

काठमाडौं ।काठमाडौं महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ। अब वडा नम्बर १४ को मत गणना गर्न बाँकी छ।

अहिलेसम्म मतपरिणाम भएका वडाहरूमा नेपाली कांग्रेसले १८ वडामा वडाध्यक्ष जितेको छ। कांग्रेसले वडाअध्यक्षसँगै बहुमत वडा सदस्य पनि जितेको छ।

कांग्रेसले वडा नम्बर ६ देखि १२ सम्मका सबै वडामा वडाध्यक्ष जितेको छ। वडा नम्बर २४ देखि ३० सम्म पनि कांग्रेसले वडाध्यक्ष जितेको छ। त्यस्तै वडा नम्बर १६,१७,१९,२०मा पनि कांग्रेस उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन्।

कांग्रेसले १२८ वडा सदस्यमध्ये ७३ वडा सदस्य जितेको छ। एमालेले १२ वडाध्यक्ष जितेको छ। एमालेले १ देखि ५ सम्मका सबै वडासहित १३,१८,२१, २२, २३, ३१ र ३२ वडामा जित हात पारेको छ। वडा सदस्यमा भने एमालेले ४५ सदस्य जितेको छ।

हरेक वडामा दुई जना खुला सदस्य, एक दलित सदस्य र एक महिला दलित सदस्य हुन्छन्।

एकीकृत समाजवादीले वडा नम्बर १५ को अध्यक्ष र चार जना सदस्य जितेको छ।