Banking Khabar
खेलकुद

काठमाडौं मेयर कप क्रिकेट फागुन २२ गतेदेखि, यी टोली सहभागी हुने ?

shilalekha
shilalekha
प्रकाशित: February 24, 2021
February 24, 2021
सेयर:

काठमाडौं । पहिलो संस्करणको ‘काठमाडौं मेयर कप २०७७’ एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको मिति तोकिएको छ।

प्रतियोगिता फागुन २२ गतेदेखि सुरु हुने भएको भएको छ। नेपाल क्रिकेट संघ क्यानले बुधबार एक प्रेस विज्ञप्ति जारी मेयर कप क्रिकेट फागुन २२ देखि २९ गतेसम्म हुने जनाएको हो।

त्रिवि क्रिकेट मैदान कीर्तिपुर र मुलपानी क्रिकेट मैदानमा प्रतियोगिताका खेलहरु संचालन हुने जनाएको छ। प्रतियोगितामा पाँच टिमको सहभागिता रहने भएको छ।

प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बाग्मती प्रदेशसँगै काठमाडौं महानगरपालिकाको टिम पनि सहभागी हुनेछ।

पीएम कपमा सहभागी प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी समावेश गरेर महानगरपालिको टिम बनाइनेछ।

काठमाडौं महानगरपालिकाको सहयोगमा क्यानले प्रतियोगिता आयोजना गर्न लागेको हो। महानगरसँग भएको सम्झौता अनुसार उसले क्यानलाई ५० लाख उपलब्ध गराएको छ ।

नेपाल क्रिकेट संघ क्यानको विज्ञप्ति