कोहलपुरको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस विजयी

0
285461605_5762330670448567_8617537978659825403_n

कोहलपुर । कोहलपुर नगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस विजयी भएको छ ।

नेपाली कांग्रसबाट ८ जनाले मनोनयन दर्ता गराएका थिए । कार्यपालिका सदस्यमा ईश्वरी बिक,भुप बहादुर दर्जी,नरेश बान्तवा राई,अनिता बिसी,पबित्रा थारू,सुनिता बिष्ट,सुनिता सुनार र केशरी कुमारी रावत विजयी भएका छन् ।

नवनिर्वाचित कार्यपालिका सदस्यले पद तथा गोपनियताको सपथ लिइसकेका छन् । कुल १५ वटा वडा रहेको कोहलपुरमा कांग्रेसले ९ वटा वडा जितेको छ, भने एमाले ४ वडा र माओवादी केन्द्रले २ वटा वडा जितेका छन् ।

कुल २५ सदस्यीय कार्यपालिकामा यो हिसाबले कांग्रेसले स्पष्ट बहुमतको सरकार पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed