Banking Khabar
Uncategorized

चौथो टेष्टमा भारतको प्लेइङ–११ मा परिवर्तन भए यी खेलाडीले पाउनेछन् मौका

shilalekha
shilalekha
प्रकाशित: March 3, 2021
March 3, 2021
सेयर:

काठमाडौं । भारतीय क्रिकेट टिमले तेस्रो टेष्टमा इंग्ल्याण्डलाई नराम्रोसँग हराराएको छ। खेल दुई दिनमै सकियो।

इंग्ल्याण्डमाथि भारतीय टिमले १० विकेटको शानदार जित निकाल्यो। इंग्ल्याण्डले पहिलो इनिङ्समा ११२ रन बनाएको थियो। त्यसपछि भारतीय टिम पनि १४५ रनमा समेटियो।

दोस्रो इनिङ्समा, इंग्ल्याण्ड टिम ८१ रन मात्र पछाडि परेको थियो। भारतले ४९ रनको लक्ष्य बिनाविकेटको क्षतिमा पूरा गरेको हो। तेस्रो टेष्टमा ११ विकेट लिएका अक्षर पटेल म्याच अफ द म्याच घोषित भए।

तेस्रो टेष्टमा भारतीय टिमले ठूलो जीत हात पारेको हो। तर, चौथो खेलका लागि टिममा केही परिवर्तन हुने सम्भावना रहेको छ।

धेरै खेलाडीहरू बेन्चमै सीमित छन्। उनीहरुले सिरिजमा अझै मौका पाएका छैनन्। यस्तो अवस्थामा भारतले उनीहरुलाई प्लेइङ–११ मा मौका दिन सक्छ। इंग्ल्याण्ड–भारतबीचको चौथो तथा अन्तिम टेष्ट ४ मार्चदेखि अहमदाबादमै सुरु हुनेछ।

यसैबीच, आज हामी चौथो टेष्टका लागि भारतले गर्न सक्ने दुई ठूला परिवर्तनको बारेमा चर्चा गर्दैछौँ स्

शुभमान गिलको ठाउँमा केएल राहुल

यस श्रृंखलामा केएल राहुलले अहिलेसम्म एउटा पनि खेल खेल्ने मौका पाएका छैनन्। उनी शृंखलाका लागि भारतीय टिममा सम्मिलित छन्। तर, उनले प्लेइङ इलावेनमा मौका अझैं पाएका छैनन्।

अर्कोतर्फ ओपनर शुमन गिलको प्रदर्शन अन्तिम दुई खेलमा राम्रो छैन। गिल यी दुवै खेलमा फ्लप भएका छन्।

यस्तो अवस्थामा गिलको ठाउँमा राहुललाई भारतीय टिममा मौका मिल्न सक्छ। राहुल एक राम्रो ब्याट्सम्यान हुन्। उनले मौका पाए त्यस अवसरको पूरा फाइदा लिन सक्छन्।

वाशिंगटन सुन्दरको स्थानमा कुलदीप यादव

कुलदीप यादव दोस्रो टेष्ट खेलमा मौका पाए। तर, उनले धेरै बलिङ गर्न पाएनन्। उनी फेरि तेस्रो टेष्ट खेलबाट बाहिरिएका थिए।

यद्यपि, कुलदीप चौथो खेलको प्लेइङ–११ मा पर्न सक्छन्। अहमदाबादको पिचमा बल टर्न भइरेको छ। वाशिंगटन सुन्दरलाई यहाँ धेरै बलिङ गर्न दिइएन। यस्तो अवस्थामा कुलदीप यादवलाई फेरि भारतले प्लेइङ–११ मौका दिन सक्छ।