जानकी गाउँपालिकाको सभापतिमा दयाराम यादव र सचिव निर्विरोध

0
collage (67)

नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिकाको नेपाली कांग्रेस सभापतिमा दयाराम यादव सर्वसम्मत चयन भएका छन् ।

बुधबार भएको मनोनयनमा सभापतिमा यादवको मात्र उम्मेदवारी परेको हो । यस्तै टिकानाथ यादव पनि निर्विरोध सचिव चयन भएका हुन् ।

अन्य पदहरुमा पनि सर्वसम्मत बनाउने कोसिस भइरहेको छ । बुधबार जानकी गाँउपालिकाको अन्य पदाधिकारीमा निर्वाचन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed