टी-ट्वान्टी वरीयतामा नेपाल यथावत अष्ट्रेलिया शीर्ष स्थानमा

0
cricket_nepal_ci6VhmgFRK

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी-ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ ।

आईसीसीले मंगलबार निकालेको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो ।
नयाँ वरीयतामा नेपालको २३ खेलमा १ सय ८० रेटिङ अंक रहेको छ । अष्ट्रेलिया टी ट्वान्टी वरियताको शीर्ष स्थानमा रहेको छ । इङ्ल्यान्ड वरीयताको दोस्रो स्थानमा छ ।

यसअघि इङ्ल्यान्ड वरीयताको शीर्ष स्थानमा थियो । त्यस्तै भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed