Banking Khabar
खेलकुद

नेपाल टी-२० विश्वकप २०२६ का लागि छनोट

shilalekha
shilalekha
प्रकाशित: October 15, 2025
October 15, 2025
सेयर:
नेपाल टी-२० विश्वकप २०२६ का लागि छनोट

काठमाडौं । सन् २०२६ को फेब्रुअरी मार्चमा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपका लागि नेपाल छनोट भएको छ।

नेपालले लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक टी-२० विश्वकपमा स्थान पक्का गरेको हो। यसअघि नेपालले २०२४ र सन् २०१४ को टी-२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो।

ओमानमा भइरहेको एसिया एन्ड इएपी छनोटमा शीर्ष तीनभित्र पर्ने पक्का भएसँगै नेपालले अर्को वर्ष हुने टी(२० विश्वकपमा टिकट पक्का गरेको हो।

यो छनोटअन्तर्गत सुपर(६ का शीर्ष ३ टोली टी-२० विश्वकपमा पुग्ने प्रावधान छ। जसमा आज युएईले सामोआलाई ७७ रनले पराजित गरेपछि नेपालको शीर्ष ३ स्थान पक्का भएको हो।

नेपालसँगै घरेलु टोली ओमान पनि टी-२० विश्वकप २०२६ का लागि छनोट भएको छ।

सुपर-६ को बाँकी दुई खेलअघि शीर्ष स्थानको ओमान र दोस्रो स्थानको नेपालको ६/६ अंक छ। अब अर्को एक टोलीले मात्र ६ अंक जोड्न सक्ने भएपछि नेपाल र ‌ओमान विश्वकपमा पुगे।

नेपाल र ओमानले आजै राति प्रतिस्पर्धा गर्दैछन्। दुवै टोली विश्वकपमा पुगेपछि आज हुने खेल छनोटको च्याम्पियन बन्न निर्णायक हुनेछ।

आज ओमानसँग खेलेपछि नेपालले अन्तिम खेलमा शुक्रबार सामोआ खेल्नेछ। ओमानले भने अन्तिम खेलमा शुक्रबार जापानसँग प्रतिस्पर्धा गर्नेछ।

अब युएई र जापानमध्ये एक टोली एसियाबाट विश्वकपमा पुग्नेछ। जापान र युएईबीचको निर्णायक खेल भोलि हुँदैछ। जापानका लागि भोलिको खेल जितेर मात्र पुग्दै अन्तिम खेलमा ओमानलाई समेत हराउनु पर्छ। युएईलाई जापानलाई हराउनुको विकल्प छैन।