Banking Khabar
प्रदेश

नेपालगञ्जमामा फागुन २९ देखि हात्तीपाईले रोग विरुद्धको औषधी खुवाइने

shilalekha
shilalekha
प्रकाशित: February 22, 2021
February 22, 2021
सेयर:

नेपालगञ्ज । नेपालगञ्ज उप–महानगरपालिकाले हात्तिपाईले रोग विरुद्धको औषधी बढि भन्दा बढि नागरिकलाई सेवन गराउनका लागि विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
उपप्रमुख उमा थापा मगरको अध्यक्षतामा सोमबार भएको स्थानीय तह स्तरीय योजना तथा वहु निकाय गोष्ठी हात्तीपाईले रोग निवारण कार्यक्रम आम औषधी सेवन अभियान–२०७७ लाई सफल पार्न हात्ती पाईले रोग विरुद्धको औषधी सेवन कम भएका वडामा विशेष अभियान सञ्चालन गर्ने निर्णय भएको हो । उपप्रमुख मगरले विशेष योजना सहित वडास्तरमा जान स्वास्थ्य शाखालाई आग्रह गर्नुभयो । उहाँले अभियानको सफलताका लागि राजनीतिक दल, धर्मगुरु, नागरिक समाजका अगुवा लगायत सबैको साथ आवश्यक भएको बताउनुभयो । उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले बढि भन्दा बढि हात्तीपाईले रोग विरुद्धको औषधी सेवनका लागि वडास्तरदेखि विशेष कार्यक्रमलाई जोड दिइने बताए ।
स्वास्थ्य कार्यालय बाँकेका बरिष्ठ जनस्वास्थ्य अधिकृत सुनिता पौडेलले हात्ती पाईले रोग निवारणका लागि हरेक वडामा ६५ प्रतिशत भन्दा बढि सेवन गर्नेहरु हुनुपर्ने बताए ।

नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले फागुन २९ देखि सञ्चालन हुने अभियानमा यसपटक नगरका २३ वटा वडालाई विभिन्न क्लष्टरमा विभिजित गरि कार्यक्रम प्रभावकारी बनाउन लागिएको बताउनुभयो । नेपालगञ्जमा यसपटक एकलाख ४९ हजार ९२ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ ।