Banking Khabar
अर्थतन्त्र

पाँच लाखमा बलात्कारको घटना मिलापत्र गराउने ८ जना पक्राउ

shilalekha
shilalekha
प्रकाशित: October 4, 2020
October 4, 2020
सेयर:

काठमाडौं । सिरहामा बलात्कारको मुद्दा ५ लाख रुपैयाँ दिएर मिलापत्र गराउने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।

सिरहाको विष्णुपुर गाउँपालिका वडा न १ का २० वर्षीय मुकेश कुमार यादवले स्थानीय १६ वर्षीय किशोरीलाई असोज १२ गते बलात्कार गरेका थिए।

उक्त मुद्दा स्थानीयले मुकेशलाई ५ लाख रुपैयाँ तिराउने कागजात गराएर गाउँमै मिलापत्र गराएका थिए। बलात्कारजस्तो गम्भीर अपाराधको घटना मिलापत्र गराएको सूचना आएपछि मुकेशसहित मिलापत्र गराउने ८ जनालाई पक्राउ गरिएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले बताउनुभयो ।

पक्राउ पर्नेमा ५२ वर्षीय सिंहेश्वर साह, २२ वर्षीय अरबिन्दकुमार साह, ४५ वर्षीय सत्रुधन साह ४७ वर्षीय राजकुमार साह, ४२ वर्षीय रामउदगार यादव, ६१ वर्षीय जगवीर यादव, ४८ वर्षीय राजकुमार यादव, ३५ वर्षीय श्यामसुन्दर यादव रहेका छन्। उनीहरुविरुद्ध आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।