पासोमा पारेर मारिएको चितुवाको छाला बेच्न आउँदा तीन जना पक्राउ

0
collage (17)

नेपालगञ्ज । बाँकेमा चितुवाको छाला सहित ३ जना पक्राउ परेका छन् ।

राप्तीसोनारी गाँउपालिका-१ कुसुमस्थित सडकबाट २ थान चितुवाको छालासहित ३ जनालाई आइतवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सल्यान बाघचौर नगरपालिका-३ चौरपानी वस्ने ३१ वर्षीय जित बहादुर डिसी, सल्यान कुमाख गाउँपालिका-७ बस्ने २१ वर्षीय कमल डिसी र सोही गाउँपालिका-३ मर्म पोडिकारा बस्ने २४ वर्षीय हिमेन्द्र वली रहेका छन् ।

चितुवाको छाला ओसारपसार भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले जाँच गर्दा जित बहादुरले बोकेको झोलाबाट २ थान चितुवाको छाला फेला पारी खरिदविक्री कारोवारमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।जीतबहादुरले दुई वर्षअघि पासोमा पारेर चितुवालाई मारेका थिए। नेपालगञ्जमा छाला बेच्न आउने क्रममा बाँकेको कुसुममा उनीहरु पक्राउ परेका हुन्।

बाँके प्रहरी एसपी ओमबहादुर रानाका अनुसार, उनीहरुले ४० देखि ६० लाख रुपैयाँसम्ममा छाला बेच्ने बताएका थिए। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ ९२० बमोजिमको १ लाख देखी २५ लाख सम्म जरिवाना र १ वर्ष देखी १० वर्ष सम्म कैद सजाय हुन सक्नेछ ।

यस्तै बाँके प्रहरीले दश लाख रुपैयाँ भारुसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको जनाएको छ।

भारतबाट हिँड्दै नेपालगञ्ज आउदै गरेका दिल्ली जफ्फारावादका मुनवर खानलाई प्रहरीले दश लाख भारुसहित पक्राउ गरिएको छ। खान नेपालमा पितलको धुलो खरिद गर्न आएका थिए।

यस्तै प्रहरीले एक लाख पचास हजार एक सय ६५ रुपैयाँसहित नौ जना जुवाडेलाई पक्राउ गरेको जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed