प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

0
collage (58)

काठमाडौँ । सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको संवैधानिक इजलासले शुक्रबार संसद विघटनसम्बन्धी मुद्दाको निरुपण संवैधानिक इजलासबाटै गर्ने निर्णय गरेको छ।

संसद विघटनसम्बन्धी मुद्दामा माघ ४ गतेदेखि संवैधानिक इजलासमा निरन्तर बहस हुने पनि सर्वोच्चले जानकारी दिएको छ। संवैधानिक इजलास बुधबार र शुक्रबार मात्र बस्दै आएको थियो।

प्रधानन्यायाधीश जबरासहित पाँच जना न्यायाधीशको संवैधानिक इजलासले आइतबारदेखि निरन्तर सुनुवाइ हुने जानकारी दिएको हो। आदेशमा भनिएको छ ‘प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७(३) बमोजिम गम्भीर संवैधानिक ब्याख्याको प्रश्न समावेश देखिएकाले निवेदकको माग बमोजिम गर्नु परेन।’

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटको सुनुवाइ बृहत पूर्ण इजलासबाट हुनुपर्ने भन्दै सर्वोच्चमा रिट परेको थियो। अब प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिटको सुनुवाइ संवैधानिक इजलासले संयुक्तरुपमा गर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed