फोटो सुटपछि बलिउड अभिनेत्री नुसरतलाई ज्यान मार्ने धम्की

0
nusrat

काठमाडौं । दूर्गाको रुपमा फोटो सुट गराएपछि अभिनयबाट राजनीतिमा प्रवेश गरेकी अभिनेत्री नुसरत जहाँलाई ज्यान मार्ने धम्की आएको छ।

नुसरतले केही दिन अघि दूर्गाको रुपमा फोटो सुट गराएकी थिइन्। उनको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।

त्यसपछि उनलाई अनलाइनमार्फत ज्यान मार्ने धम्की आउन थालेको हो। कट्टर हिन्दूवादीहरुले उनलाई ज्यान मार्नेसम्मको धम्की दिएका हुन्। धार्मिक विद्वेष फैलाउन खोज्नेहरु उनी विरुद्ध लागेका छन्।

मुस्लिम परिवारमा जन्मिएकी नुसरतले हिन्दूसँग विहे गरेकी थिइन्। उनका पति निखिल हिन्दू हुन्। नुसरत अहिले भारतीय कांग्रेसमा आवद्ध छिन्। उनी कांग्रेस सांसद पनि हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed