बजारमा ३ अर्बको आईपीओ आउँदै, सबैले पाउँनेछन् १० कित्ता ?

0
ipo59

 

काठमाडौं । यतिबेला आईपीओमा आम लगानीकताको आकर्षण बढिरहेको बेला फेरी ठूलो संख्याको आईपीओ आउँने भएको छ । नयाँ बीमा कम्पनीले ठूलो संख्याको आईपीओ ल्याउने तयारी गरिरहेको छ । कम्पनीले तीन अर्ब रुपैयाँ बराबरको सर्वसाधारणलाई आईपीओ ल्याउने प्रस्तावसहित नयाँ पुनर्बीमा कम्पनी ल्याउने तयारी गरिरहेको हो ।

बीमा समितिका पूर्व अध्यक्ष देवेन्द्र प्रताप शाहको नेतृत्वमा काठमाडौं रि इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनी ल्याउने अन्तिम तयारी गरेका छन् ।अधिकृत पूँजी २० अर्ब रुपैयाँ, जारी पूँजी १० अर्ब रुपैयाँ रहने प्रस्ताव गरिएको छ ।

कम्पनीको तत्काल चुक्ता पूँजी ७ अर्ब रुपैयाँ रहने छ । सर्वसाधरणलाई ३ अर्ब रुपैयाँको आईपीओ निष्काशन गरेर कम्पनीको चुक्ता पूँजी १० अर्ब रुपैयाँ पुर्याउने योजना छ ।

कम्पनीमा ७० प्रतिशत संस्थापक शेयर हुनेछ । त्यसमध्ये ४० प्रतिशत संस्थागत र ३० प्रतिशत व्यक्तिगत तर्फबाट लगानी हुनेछ । यस्तै वाँकी ३० प्रतिशतको लागि सर्वसाधारणलाई शेयर निष्काशन गर्नेछ छ ।

७० प्रतिशत संस्थापक मध्ये २० प्रतिशतसम्म विदेशी साझेदार वा पुनर्बीमा कम्पनीलाई दिने गरी पत्राचार भइसकेको पनि कम्पनीले जनाएको छ ।

बीमा समितिका पूर्व अध्यक्ष शाहसहित महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीईओ रमेशकुमार भट्टराई, नेपाल पुनर्बीमा कम्पनीका पूर्व अध्यक्ष महेश गुरागाईं र आइएमई लाइफ इन्स्योरेन्सका पूर्व प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्टको पहलमा नयाँ कम्पनीको दर्ता प्रक्रिया अघि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed