बजेटको अर्धवार्षिक समिक्षाः यस वर्ष पनि घट्यो बजेटको आकार, १३ खर्ब मात्रै बजेट खर्च हुने अनुमान

0
financeministry artha mantraalya

काठमाडौं । अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समिक्षा गर्दै यस वर्ष कुल विनियोजित बजेटको ९१ प्रतिशत मात्रै बजेट खर्च हुने अनुमान प्रस्तुत गरेको छ। बजेटको अर्धवार्षिक समिक्ष गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस वर्ष १३ खर्ब ४४ अर्ब ६८ करोड रुपैयाँ खर्च हुने संशोधित अनुमान गरिएको बताएका छन्। यो कुल विनियोजित बजेटको ९१.१९ प्रतिशत हो।

यसमा प्रतिनिधिसभा सदस्य निर्वाचन खर्च, कोभिड १९ विरुद्धको खोप खर्च, अनिवार्य दायित्व, पुर्व अनुमति दिइएका ठुला आयोजनाको सम्भावित दायित्वलाई समेत मध्यनजर गरिएको मन्त्रालयले जनाएको छ।

कुल खर्चमा चालुतर्फ ९ खर्ब १४ अर्ब ७८ करोड विनियोजित बजेटको ९६.४० प्रतिशत, पूँजीगत तर्फ २ खर्ब ८३ अर्ब ४ करोड विनियोजित बजेटको ८०.२० प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ४६ अर्ब ४ करोड रुपैयाँ कुल विनियोजित बजेटको ८५ प्रतिशत खर्च हुने अनुमान गरिएको छ। गत वर्ष बजेटको आकार घटाएको सरकारले यस वर्ष पनि आकार घटाएको हो।

त्यसैगरी यस वर्षको अन्तयसम्ममा सरकारको स्रोतबाट १० खर्ब ७४ अर्ब वैदेशिक अनुदानतर्फ ३५ अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब ३५ अर्ब खर्च हुने अनुमान छ।

राष्ट्रिय गौरवका आयोजनामा विनियोजित बजेटको १५.१९ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ।

नाई बाँकी अवधिको राजस्व लक्ष्य हासिल गर्ने गरी राजस्व प्रशासनलाई पूर्ण रुपमा परिचालन गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed