IMG20220530141412-scaled

कोहलपुर । बाँकेको बैजनाथ गाउँपालिकाको कार्यपालिका सदस्यमा कांग्रेसका उम्मेदवारले जितेका छन् ।

निर्वाचित हुनेमा कमानसिंह सुनार, फरिदुल हलवाई, मञ्जु ओली, कृष्ण कुमारी बिक, रुपा रावत र भुमिसरा राना रहेका छन् । अन्य दलले उम्मेदवारी नदिएकाले निर्विरोध निर्वाचित भएका हुन् ।

नवनिर्वाचित कार्यपालिका सदस्यले पद तथा गोपनियताको सपथ लिइसकेका छन् । कुल ८ वटा वडा रहेको बैजनाथमा कांगे्रेसले ४ वटा वडा जितेको छ, भने एमाले र माओवादी केन्द्रले २र२ वटा वडा जितेका छन् ।

कुल १६ सदस्यीय कार्यपालिकामा यो हिसाबले कांग्रेसले स्पष्ट बहुमतको सरकार पाएको छ । कार्यपालिकामा कांग्रेसका १२ जना, एमाले र माओवादीका २र२ जना सदस्य पुगेका छन् । २०७४ को निर्वाचनमा बैजनाथमा एमालेले बहुमतको सरकार चलाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed