Banking Khabar
Uncategorized

मंगलबार शेयर बजारले रेकर्ड ब्रेक गर्दा यी १० कम्पनीकाे सर्वाधिक कारोबार

shilalekha
shilalekha
प्रकाशित: February 16, 2021
February 16, 2021
सेयर:

काठमाडौं । मंगलबार शेयर बजारले रेकर्ड ब्रेक गरेको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक १५.५० अंकले बढेर हालसम्मकै उच्च अर्थात् २६०१.५१ विन्दुमा पुगेको छ ।

नेप्से ०.६० प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ४.०९ अंकले बढेर ४७३.५३ मा पुगेको छ । कूल २०८ वटा कम्पनीको एक करोड ७७ लाख ३२ हजार ७ सय ६५ कित्ता शेयर खरिदबिक्री हुँदा १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९ सय ५५ रुपैयाँको कारोबार भएको छ ।

त्यसैगरी, बढेको बजारमा नबिल बैंक लिमिटेड, ग्लोबल आइएमइ बैंक लिमिटेड, नेपाल बैंक लिमिटेड, नेको इन्स्योरेन्स कम्पनी लिमिटेड, एनआइसी एशिया बैंक लिमिटेड, शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड, हिमालयन डिष्टीलरी, सिद्धार्थ बैंक लिमिटेड, एनएमबि बैंक लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।

बढेको बजारमा यी हुन् सर्वाधिक कारोबार भएका १० कम्पनीः