Banking Khabar
शेयर

यी ११ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

shilalekha
shilalekha
प्रकाशित: February 15, 2021
February 15, 2021
सेयर:

काठमाडौं । सोमवार शेयर बजार ३ दशमलव ७१ प्रतिशत बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

यसदिन बजार २ हजार ५८६ दशमलव शून्य १ विन्दुमा पुगेर बन्द भएको हो । २ हजार ५१७ दशमलव ४६ विन्दुदेखि खुलेको सोमवारको बजार अघिल्लो कारोबार दिनको तुलनामा ९२ दशमलव ४२ अंक बढेको हो ।आइतबार नेप्सेमा १ १ लघुवित्त संस्थाको शेयर १० पूतिशतले वुद्धि लभएको छ ।

विशेषगरी यस दिन लघुवित्त कम्पनीहरुको शेयरमूल्य उच्च दरमा बढेको छ। यस दिन अधिकांश लघुवित्तहरुको शेयर सकारात्मक सर्किट

लेभलमा कारोबार भइरहेको छ। यससँगै लघुवित्त उपसमूहको परिसूचक पनि यस दिन ८.६ प्रतिशत बढीसकेको छ।

मौद्रिक नीतिमा लघुवित्तहरुको शेयर खरिदबिक्रीमा वाणिज्य बैंक तथा विकास बैंकहरुलाई कडाइ गर्ने कुराले यस उपसमूहको परिसूचक खासै बढ्न सकेको थिएन।

तर, समीक्षामा त्यस्तो कुनै व्यवस्था नभएपछि यस दिन लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उछाल आएको हो। यतिबेला छिमेक, आशा, नेरुडु, सामुदायिक, उन्नती, ग्रामीण स्वाभिमान, किसान, एनएमबि माइक्रोफाइनान्स, फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सर र आरएसडीसी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।