युवाहरुलाई प्राथमिकता दिँदै कोहलपुरका मेयरलले ल्याए नीति तथा कार्यक्रम

0
289697481_457354019726851_7038524361660994926_n

कोहलपुर । युवाहरुलाई प्राथमिकता दिँदै कोहलपुर नगरपालिका मेयर पुर्ण प्रसाद आचार्यले आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम घोषणा गरेका छन् ।

कोहलपुर नगरको ११ औं नगरसभामा कोहलपुर नगरपालिकाका मेयर पुर्ण प्रसाद आचार्यले ‘दिगो शान्ति ,सुशासन, विकास र सम्वृद्धिको नगर निर्माण गर्ने सोच र लक्ष्य राखेर नीति कार्यक्रम बनाइएको उल्लेख गरे ।

नीति तथा कार्यक्रमा “युवाको जवानी कोहलपुरमा लगानी” नाराका साथ युवाहरुलाई उत्पादन मूलक क्षेत्रमा लाग्ने नीति तथा कार्यक्रमको प्राथमिकता रहेको छ । सभाले कोहलपुर नगरपासलिकाको आर्थिक विद्येयक २०७९ पेश भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७९/०८०को विनियोजित विद्येयक कोहलपुर नगरपालिकाकी उप प्रमुख संगिता सुवेदीले एक अर्ब सोह्र करोड छयालिस लाखको वजेट सभा समक्ष पेश गरेकी थिईन् । नगर सभाले आन्तररिक राजश्व वाट विस करोड एकतिस लाख पन्चानव्वे हजार ,संघीय सरकारबाट प्राप्त अन्ठाउन्न करोड एक लाख , प्रदेश सरकारबाट प्राप्त हुने अनुदान पाँच करोड सोह्र हजार गरी त्रियासी करोड तेत्तिस लाख एघार हजार , नगरविकास कोषको ऋण अनुदान पाँच करोड र संचित कोषमा मौज्दात हुन आउने अनुमान बाह्र करोड गरेर कुल एक अरव सोह्र करोड छयाह्रतर लाखको आय लक्ष्य लिइको वजेट पेश भएको छ ।

संघिय सरकारकोनिःसर्त तर्फको वजेट एकहत्तर करोड दुई लाख र संघयि सरकार वाट प्राप्त सशर्त तर्फ चौतिस करोड चौरासी लाख र लुम्विनी प्रदेश सरकारबाट प्राप्त हुने सशर्त एक करोड दशलाख लाई विभिन्न क्षेत्रगत बिनियोजन गरिएको छ । प्रशासनिय खर्च सत्र करोड असी लाख, सामाजिक विकास तर्फ आठ करोड बाउन्न लाख रहेको छ । यसमा शिक्षामा छ करोड पैतिस लाख , स्वास्थ्यमा एक करोड पैतिस लाख , महिला बालबालिका तथा समाज कल्याणमा अठार लाख पचास हजार , आयुर्वेदमा एघार लाख र सामाजिक विकास शाखामा बाउन्न लाख पचास हजार बजेट विनियोजित गरिएको छ ।

आर्थिक विकास शाखामा एक करोड साठी लाख वजेट विनियोजित भएको छ । जसमा कृषि विकासमा पचास लाख , पशुपंक्षी तथा मत्स्य विकास पचास लाख र आर्थिक विकास शाखामा साठी लाख रहेको छ । पूर्वाधार विकास तर्फ अठ्ठाइस करोड छयासी लाख पचास हजार रहेको छ । जसमा क्रमागत तथा बहुबर्षिय योजनामा चौध करोड एक लाख पचास हजार, ठुला भौतिक पुर्वाधार योजना एघार करोड एक लाख , म्याजिक फन्ड तीन करोड र भैपरि आउने पुँजीगतमा पचहत्तर लाख रहेको छ । वातावरण तथा विपद् व्यवस्थापन मा उनान्सय लाख पचास हजार रहेको छ । वडा स्तरिय योजनमा आठ करोड तीस लाख रहेको छ । नगरस्तरिय चालु योजनाहरु मा चार करोड चौरानव्बे लाख रहेको छ । संघिय वित्तिय हस्तान्तरण अन्र्तगत छत्तिस करोड चौरानब्बे लाख रहेको छ ।

संघिय शसर्त कार्यक्रममा चौतिस करोड चौरासी लाख , संघिय समपुरक कार्यक्रम साठी लाख , संघिय विशेष अनुदान तर्फका कार्यक्रमहरुमा एक करोड पचास लाख रहेको छ । प्रदेश बित्तय हस्तान्तरण अन्र्तगत तीन करोड असी लाख रहेको छ । जसमा प्रदेश शसर्त कार्यक्रम एक करोड दश लाख , प्रदेश समपुरक कार्यक्रम दुई करोड र प्रदेश अनुदान तर्फका कार्यक्रमहरु सत्तरी लाख रहेको छ ।

साथै कार्यक्रमा शुलभ खाना तथा खाजा घर संचालन गर्ने , नगर पालिकाको विकासका लागि सद्धावना दुत नियूक्त , विज्ञहरुको नीति समूह गठन गरी भावि स्वरुप कस्तो हुने विषयमा दक्ष विज्ञको राय सुझाव लिई प्रारुप तयार पार्न देश विदेशमा रहेका व्यक्तिहरुलाई खुल्ला आह्रान गरी उत्कृष्ट प्रारुप पेश गर्ने दक्ष विज्ञलाई उचित पुरस्कार प्रदान गर्न समेत वजेट विनियोजन गरिएको छ ।

कोहलपुर वजारमा सिसिटिभि जडानका लागी समेत वजेट विनियोजन गरिएको छ । यस्तै सर्पदंश उपचार केन्द्र र रेविज रोगको उपचारकोलागी आवश्यक वजेट विनियोजन गरिएको छ । नगर प्रमुख छात्र वृत्ति कोषको लागी दश लाख वजेट विनियोजन गरिएको छ । श्रम बैंक र युवा रोजगारकोलागी वजेट विनियोजन गरिएको छ ।

कोहलपुर नगर पालिकाको ११औं नगर सभाले नीति तथा कार्यक्रम सम्सोधन सहित पास गरेको छ भने वजेट पेश भएको थियो । सभा असार १६ गते १३ वज्ये हुने गरेर स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed