वाणिज्य बैंकहरुको एक सातामा ११ अर्ब रुपैयाँ निक्षेप थपिदा २७ अर्ब कर्जा लगानी, तरलता कति ?

0
Bank

काठमाडौं । वाणिज्य बैंकहरुले गत एक सातामा ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । बैंकर्स एशोसिएसनको तथ्याँक अनुसार फागुन ७ गतेदेखि १४ गतेसम्ममा २७ वाणिज्य बैंकहरुले २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका हुन्।

यस अवधिमा कर्जा लगानी भन्दा निक्षेप संकलनको बृद्धिदर भने कम देखिएको छ। गत एक सातामा २७ अर्ब रुपैयाँ कर्जा लगानी गरेकोमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।

फागुन १४ गतेसम्ममा बैंकहरुले ३८ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३३ खर्ब ६२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।

केन्द्रिय बैंकको तथ्याँक अनुसार सोमबारसम्ममा बैंकिङ्ग प्रणलिमा ७१ अर्ब रुपैयाँ तरलता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed