इन्टरनेट बैंकिङबाट प्रतिदिन २० लाख लेनदेन गर्न मिल्ने

0
rasta bank

काठमाडौं । राष्ट्र बैंकले विद्युतीय माध्यमबाट नगद लेनदेन बढ्दै जाँदा यसलाई अझ सहज बनाउन विद्युतीय भुक्तानीको सीमा संशोधन गर्दै दोब्बर बनाएको छ।

बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा बढाइएको जनाएको हो।

अब मोबाइल बैंकिङबाट प्रतिदिन दुई लाख रुपैयाँ र इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर) को अधिकतम सीमा २० लाख रुपैयाँ कायम गरिएको छ।

तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकम रकमान्तर गर्दा यो व्यवस्था लागु नहुने राष्ट्र बैंकले जनाएको छ।

नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क इत्यादि शुल्क भुक्तानी गर्न पनि रोक नलाग्ने बताइएको छ।

राष्ट्र बैंकले यसअघि २०७६ चैतमा विद्युतीय भुक्तानीको सीमा संशोधन गरेको थियो। राष्ट्र बैंकले एजेन्ट वा सब९एजेन्टबाट वालेटमा प्रतिदिन २५ हजार रुपैयाँ र प्रतिमहिना एक लाख रुपैयाँ सीमा तोकेको छ।

बैंक खाताबाट वालेटमा, वालेटबाट अन्य बैंक खातामा वा एक वालेटबाट अर्को वालेटमा भुक्तानी गर्दा प्रतिकारोबार २५ हजार रुपैयाँ, प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना पाँच लाख रुपैयाँको सीमा राष्ट्र बैंकले तोकेको छ। यस्तै, राष्ट्र बैंकले वालेटबाट वालेटबाहकको बैंक खातामा रकमान्तर गर्दा कुनै सीमा तोकेको छैन।

राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटबाट गरिने कारोबारहरुको अधिकतम सीमा प्रतिदिन एक लाखदेखि १० लाख र प्रतिमहिना १० लाखदेखि ५० लाख रुपैयाँ कायम गरेको थियो। मोबाइल बैंकिङ ९क्यूआर कोडसमेत०बाट उपभोक्ताहरुले प्रतिदिन एक लाख रुपैयाँ र प्रतिमहिना १० लाख रुपैयाँसम्म कारोबार गर्न सक्ने छन्।

राष्ट्र बैंकले इन्टरनेट बैंकिङ (मर्चेन्ट पेमेन्ट) को सीमा प्रतिदिन १० लाख रुपैयाँ र प्रतिमहिना ३० लाख रुपैयाँ कायम गरेको छ। इन्टरनेट बैंकिङ (खातामा ट्रान्सफर) को सीमा प्रतिदिन १० लाख रुपैयाँ र प्रतिमहिना ५० लाख रुपैयाँ रहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed