Banking Khabar
खेलकुद

वेष्ट इण्डिजविरुद्ध वानडे र टी–२० सिरिज खेल्ने श्रीलंकाको टोली घोषणा

shilalekha
shilalekha
प्रकाशित: February 23, 2021
February 23, 2021
सेयर:

काठमाडौं । श्रीलंकाले वेष्ट इण्डिजविरुद्धको एकदिवसीय र टी–२० सिरिजका लागि टिम घोषणा गरेको छ। सोमबार श्रीलंका क्रिकेट बोर्डले सिरिजका लागि २० सदस्यीय टोली घोषणा गरेको हो।

सुरंगा लकमलले तीव्र गतिका बलर लाहिरु कुमाराको ठाउँमा टिममा स्थान बनाएका छन्। कुमारा कोरोना भाइरसबाट संक्रमित भएका थिए। स्टार बलर लसिथ मलिंगालाई मौका दिइएको छैन।

२३ फेब्रुअरीमा श्रीलंकाको टोली वेष्टइण्डिज पुग्नेछ। श्रीलंकले जहाँ तीन टी–२० र तीन एकदिवसीय खेल्ने छ। साथै दुई टेष्ट श्रृंखला पनि खेल्नेछ।

यो श्रृंखला ३ मार्च देखि २ अप्रिलसम्म एन्टिगामा खेल्नेछ। अर्को तर्फ टोली छनौट हुनुअघि श्रीलंकाका पूर्व तीव्र गतिका बलर चमिंडा वासले सोमबार श्रीलंका टिमको बलिङ सल्लाहकारबाट राजीनामा दिएका छन्। उनी वेष्ट इण्डिजको भ्रमणमा नजाने छैनन्।

वेष्ट इण्डिजविरुद्ध एकदिवसीय र टी–२० सिरिज खेल्ने श्रीलंकाको टोली

दिमुथ करुणरत्ने (कप्तान), दासुन शनाका, दनुष्का गुणथिलाका, पथम निशानका, एशेन भन्डारा, ओशदा फर्नान्डो, दिनेश चन्डीमल, एन्जेलो म्याथ्यूज, निरोशन डिकवेला, थिसारा परेरा, कमिन्दु मेन्डिस, वानिन्दु हसरंगा, रमेश मेन्डिस, नुवान प्रदीप, असिता फर्नांडो, दुश्मन्था चमेरा, अकिला धनन्जय, लक्षण सदाकन, दिलशान मदुशंका र सुरंगा लकमल।