Banking Khabar
अदालत

शरद गौचन हत्या प्रकरण : गुण्डा नाइके समिरमान सिंह बस्नेतलाई जन्मकैद

shilalekha
shilalekha
प्रकाशित: July 5, 2023
July 5, 2023
सेयर:

काठमाडौं । गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई जन्मकैदको फैसला सुनाइएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बस्न्यातलाई जन्मकैदको फैसला सुनाएको हो।

जिल्ला अदालत काठमाडौंले हत्यामा मुख्य योजनाका रहेका भनिएका समिरमान सिंह बस्न्यातसहित काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला सुनाइएको छ ।

हत्या गर्नका लागि गोली हान्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई १५ वर्ष कैद सजाय सुनाइएको छ । त्यस्तै समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना गरिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ ।

त्यही आरोपमा दोषी ठहर भएका लोप्साङ लामालाई १५ वर्ष, माया शेरचनलाई १० वर्ष कैद सजाय र ६० हजार रुपैयाँ जरिवाना निर्धारण भएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार ज्ञानेन्द्र इटनीले बताए ।

गौचनको २३ असोज २०७४ मा काठमाडौंको बानेश्वर खरीको बोट नजिकै गोली हानी हत्या भएको हो थियो । गोली प्रहार भएलगत्तै अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।

दोषी ठहर भएको समूहमाथि चन्दा असुली र फिरौतीमा संलग्न भएको आरोप थियो । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोको अनुसन्धानमा, उनीहरुले भाडाको व्यक्ति प्रयोग गरेर गौचनको हत्या गरेको खुलेको थियो ।