Banking Khabar
अर्थतन्त्र

श्रृजनशील उद्यमी मेला २०८१ सुरु,९० भन्दा महिला उद्यमीका सामग्री प्रदशनीमा राखिए

shilalekha
shilalekha
प्रकाशित: August 23, 2024
August 23, 2024
सेयर:
श्रृजनशील उद्यमी मेला २०८१ सुरु,९० भन्दा महिला उद्यमीका सामग्री प्रदशनीमा राखिए

काठमाडौं । नेपाली महिलाहरूको प्रमुख पर्व हरितालिका तीजको अवसरमा महिला श्रृजनशील केन्द्रले २१ औं डाबर वाटिका तीज फेस्टिभल श्रृजनशील उद्यमी मेला आजबाट सुरु भएको छ ।

वाग्मती प्रदेश सामाजिक विकास मन्त्री हरिप्रभा खड्कीले उद्यमशिल मेला उद्घाटन गरीकी हुन् । मेलालाई उद्घाटन गदै सामाजिक विकास मन्त्री खड्कीले महिलाहरु शिक्षित भएतापनि आर्थिक रुपमा बलियो हुनका लागि महिलाहरुले उद्यमशिललाई अपनाउनुपर्ने बताइन् । महिलाहरुलाई उद्यमी बाउनका लागि बाग्मती प्रदेश सरकारले विभिन्न किसिमका योजना ल्याउने बताइन् ।

तीन दिने मेला बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा भदौ ७ देखि ९ गतेसम्म चल्ने उक्त मेला महिला श्रृजनशील केन्द्रले आयोजना गरेको हो । यसका लागि राईजिङ नेपाल प्रालिको व्यवस्थापन तथा डाबर गुलावरी मुख्य प्रयोजक रहेका छन् ।
श्रृजनशील महिलाहरूलाई सीप र दक्षताको अभिवृद्धि गराई उद्यमशील तथा स्वरोजगारतर्फ प्रेरित गर्दै आर्थिक रुपमा सबल बनाई सफल उद्यमी बनाउने लक्ष्यका साथ विगत २१ वर्षदेखि श्रृजनशील उद्यमी मेलाको आयोजना हुँदै आएको आयोजक महिला श्रृजनशील केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन् ।

महिलाहरुले उत्पादन गरेका सामाग्रीलाई प्रचार प्रसार तथा ब्रान्डिग गरी बजारीकरण गर्न यस मेला महत्त्वपूर्ण हुने आयोजकको थापाले बताइन् । यसपटक हुने वृहत् मेलामा ८० भन्दा बढी स्टलहरु रहेका छन् भने र १० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।