Banking Khabar
शेयर

सर्वोत्तम सिमेन्टलाई इक्राले दियो आईआर त्रिपल बी प्लस रेटिङ्ग

प्रकाशित: February 17, 2021
February 17, 2021
सेयर:

काठमाडौं । बुक बिल्डिङ्ग विधिबाट शेयर निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टलाई इक्रा नेपालले रेटिङ्ग प्रदान गरेको छ। इक्रा नेपालले कम्पनीलाई इक्राएनपी-आईआर त्रिपल बी प्लस रेटिङ्ग प्रदान गरेको हो।

त्यसले कम्पनीको वित्तीय अवस्था मध्यम रहेको जनाउछ। यस्तै, कम्पनीले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको बुझाउछ।

कम्पनीले बुक बिल्डिङ्ग विधिबाट शेयर निष्काशन गर्ने तयारी गरिरहेको छ। कम्पनीले चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने ६० लाख कित्ता शेयर बुक बिल्डिङ्ग विधि मार्फत जारी गर्ने तयारी गरेको हो।

त्यसमध्ये ४० प्रतिशत संस्थागत लगानीकर्ताको लागि र ६० प्रतिशत सर्वसाधारण तथा आयोजना प्रभावित क्षत्रेको बासिन्दाको लागि जारी हुनेछ।