सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार रोक्का

0
Sangrila_bank

काठमाडौं । नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको शेयरकारोबार रोक्का गरेको छ । आइतबार नेप्सेले बैंकको कारोबार रोक्का गरेको हो ।

आइतबार बैंकले शेयरधनीलाई लाभांश घोषणा गरेको थियो । उक्त लाभांश प्रस्तावको सूचना नेप्सेमा कारोबार सुरु हुनु अघि नै पठाइसक्नु पर्नेमा बैंकले १२ः ३४ बजे पठाएको भन्दै नेप्सेले कारण सोध्दै कारोबार रोक्का गरेको हो ।

बैंकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०।२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त लाभांश प्रस्ताव गर्ने सूचना पठाउन ढिलो गरेको भन्दै नेप्सेले बैंकको कारोबार रोक्का गरेको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले जानकारी दिए ।

‘बैंकले लाभांश प्रस्ताव सम्बन्धि सूचना १२ः३४ बजे मात्रै नेप्सेमा पठाएको छ। उनले भने, ‘सूचना दिन ढिलाई गरेको कारण बैंकको शेयर कारोबार रोक्का गरेको हो।’ नियम उल्लघंन गरेका कारण कारोबार रोक्का गरि स्पष्टिकरण मागेको पराजुलीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed