Banking Khabar
अर्थतन्त्र

सात प्रतिशतले बढ्यो निर्यात

shilalekha
shilalekha
प्रकाशित: February 17, 2021
February 17, 2021
सेयर:

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिनाको वस्तु तथा सेवाको आयात सामान्य अवस्थामा फर्केको छ ।

कोरोना भाइरस महामारीका कारण निकै प्रभावित भएको आयात चालु आवको सात महिनामा गत आवको सोही अवधि बराबर नै आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आवको माघ मसान्तसम्ममा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको आयात भएकाले चालु आवमा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ ।

त्यसैगरी, चालु आवको सात महिनाको अवधिमा ७.६२ प्रतिशतले निर्यात बढेको छ । गत वर्ष ६४ अर्ब ९६ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको थियो । त्यस्तै, चालु आवको सोही अवधिमा ६९ अर्ब ९१ करोड रुपयाँको वस्तु तथा सेवा आयात भएको छ ।

त्यसैगरी, राज्यले उक्त आयातित वस्तु तथा सेवाबाट १४ प्रतिशतले बढी राजश्व संकलन गर्न सफल भएको छ । चालु आवमा राज्यले २ खर्ब ३८ अर्ब ९० करोड रुपैयाँ बराबर राजश्व संकलन गरेको छ भने गत वर्षको सोही अवधिमा राज्यले २ खर्ब ७ अर्ब ९२ करोड रुपैयाँ राजश्व संकलन गरेको थियो ।

माघ महिनामा मात्रै १ खर्ब ४२ अर्ब ३९ करोडको वस्तु तथा सेवा आयात भएको छ भने गत वर्षको सोही अवधिमा १ खर्ब ८ अर्ब ९० करोडको मात्रै आयात भएको थियो । गत वर्षको तुलनमा चालु आवको ७ महिनाको अवधिमा करिब ३१ प्रतिशतले बढी आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाउँदछ ।

आयात घटेका शीर्ष १० वस्तु

चालु आवमा डिजेलको आयात घटेको देखिन्छ । गत वर्षको तुलनामा चालु आवमा डिजेल ३१.८ प्रतिशतले घटेको छ । त्यसैगरी हवाइजहाज र हेलिकोप्टरका पार्टपुर्जा ८८.८९ प्रतिशत, कच्चा पाम तेल ७४।१ प्रतिशत, एटीएफ ७६.०५ प्रतिशत, पेट्रोल २४.९२ प्रतिशत, निर्माणसम्बन्धी यन्त्रावली ५१.३७ प्रतिशत, चाँदी ५९.५७ प्रतिशत, अन्य सञ्चार उपकरण ६१.३६ प्रतिशत, भटमास गेडा ६३.२९ प्रतिशत र तयारी कपडा १३.८७ प्रतिशतले घटेको छ