सिन्धुपाल्चोकका पहिरोपीडितलाइ नेबिसंघ महामंत्री तिमल्सिनाद्धारा सोलार बत्ती सहयोग

0
120367815_2695836327350098_6650839115614124612_n

सिन्धुपाल्चोक । नेपाली काँग्रेस जिल्ला कार्य समिति तथा काँग्रेस र यससंग आबद्ध भातृसंस्थाका नेताहरुले सिन्धुपाल्चोकको बाह्रवबिसे नगरपालिका ७ नागपुजे, भीरर्खक लगायतका पहिरो पीडितलाई नगद, खाद्यान्न, भाँडाकुडाँ, सोलार लगायतका सामाग्री सहयोग गरेका छन् ।

नेपाली काँग्रेस पूर्व जिल्ला सभापति भूपेन्द्र थापाका अनुसार बुधबार मृतक परिवार र पहिरोबाट अति प्रभावित २६ परिवारलाई चार हजार नगद, एक बोरा चामल, दाल, तेल, नुन, सोलार, भाँडाकुडाँ, पोलार, ट्रयाकसुट लगायतका सामाग्री काँग्रेसले सहयोग गरेको हो ।

नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति बिकास लामाको नेतृत्वमा ८४ परिवारलाई दुई हजारका दरले नगद र खाद्यान्न, अति प्रभावित मृतकका परिवार र घर पुरिएका २६ परिवारलाई चार हजारका दरले नगद वितरण गरिएको नेपाल बिद्यार्थी संघका केन्द्रीय महामंत्री तथा सिन्धुपाल्चोक काँग्रेसका नेता बलदेव तिमल्सिनाले जानकारी दिनुभयो ।

फुल्पिङकोट गाँउ इकाई सभापति गोबिन्द कार्की र काँगे्रस नेता कृष्ण न्यौपानेले अति प्रभावित २६ परिवारलाई नगद दिनका लागि ५२ हजार सहयोग गर्नुभएको थियो भने बाँकी पार्टीका अन्य व्यक्तिहरुमार्फत संकलन गरिएको थियो ।

बितरण गरिएको खाद्य सामाग्रीहरु २५ किलोको एक बोरा चामल, दाल, तेल, नुन लगायतका खाद्यन्न लामा गुरु सोनाम वाङचे लामा, पूर्व सभापति भूपेन्द्र थापा र नेपाल तरुण दलका जिल्ला अध्यक्ष दोर्जे लामा र शिव शक्ति समूहको सहयोगमा प्राप्त भएको हो भने प्रति सेट १० हजार पर्ने सोलार बत्ती नेबिसंघ महामंत्री तिमल्सिनाले सहयोग गर्नुभएको हो । उक्त सोलार बती सनसाइन इनर्जी प्रालि, नेपाल उर्जा विकास कम्पनी, शिखर रिन्युबल इनर्जी प्रालिले सहयोग गरेका थिए ।

यस्तै महामन्त्री तिमल्सिनाले घुम्थाङ उपस्वास्थ चौकी, बच्छलादेवी माबिका बिद्यार्थीहरु र इलाका प्रहरी कार्यालय बाह्र्बिसेलाई स्यानिटाइजर, एन ९५ मास्क, सर्जिकल मास्क, सोलार बत्ती लगायतको सामाग्री हस्तान्तरण गर्नुभएको छ। लायान्स क्लब अफ रामेछाप डिस्ट्रिक्क ३२५ शम्भु प्रसाद घिमिरेबाट सो स्वास्थ सामाग्री सहयोग उपलब्ध भएको थियो ।

प्राकृतिक विपत्तिले सिन्धुपाल्चोक लाई बर्षेपच्छिे पीडा दिएको र यसबर्ष पनि बाढीपहिरोले ठूलो संख्यामा जनधनको क्षति भएको हुंदाँ काँग्रेस र यसका भातृसंस्थाहरु जनातका पीडामा संधै साथमा रहने पार्टी सभापति विकास लामाले बताउनुभएको छ ।

पीडामा परेकाहरुलाई काँग्रेसले उद्धार, राहत र पुर्नस्थापनाका निम्ति राज्यका सबै निकायहरुलाई कर्तव्यनिष्ट हुन पनि आग्रह गर्दै विपत्तिमा परेका जिल्लाका जुनसुकै स्थानमा जनतालाई आफ्नो तर्फबाट राहत र सहयोग उपलब्ध गराउने नेबिसंघ महामन्त्री तिमल्सिनाले बताउनुभयो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may have missed